चुरे क्षेत्रको वन संरक्षण गर्न आवश्यक !

Read Time:3 Minute, 3 Second

गोविन्द घर्ती

Image may contain: one or more people

देवदह, पौष २२ – स्थानीय विकास निर्माणको लागि नदीजन्य पदार्थ निकासीको लागि आफुले सक्दो सहयोग गर्ने जिल्ला वन कार्यालय रुपन्देहीका वन अधिकृत रोमराज लामिछानेले बताउनु भएको छ । उहाले त्यसको लागि राजनैतिक दलहरुले राज्यलाई दवाव दिनु पर्नेमा जोड दिनु भयो ।

उहाले चुरे क्षेत्रको वन संरक्षण गर्न आवश्यक रहेको भन्दै वनको संरक्षण र सम्वद्र्धनको लागि स्थानीय उपभोक्ताहरु सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनु भयो । रोहिणी सामुदायिक वन उपभोक्ता समुह देवदह–१० र ११ भलुहीको दोश्रो साधरणसभामा बोल्दै उहाल उक्त कुरा बताउनु भएको हो । अधिकृत लामिछानेले सामुदायिक वनहरुले आफना उपभोक्ताहरुको आर्थिक स्तर बृद्धि गर्न लाग्नु पर्ने भन्दै कृषिको प्रवद्र्धनको लागि विशेष पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले दीगो वन व्यवसथापनले मात्र वनको संरक्षण र सम्वद्र्धन गर्न सकिने भएकोमा जोड दिनु भएको थियो ।

समुहका अध्यक्ष चन्द्रबहादुर रसाईलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, जनप्रिय माध्यमिक विद्यालयका अध्यक्ष केशव पराजुली, भलुही बजार व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद सापकोटा, जनप्रिया सामुदायिक वनका सचिव रुका सापकोटा, साझेदारी सामुदायिक वनका गमबहादुर पुन, समुहका सल्लाहकार अम्वर लामिछाने, समाजसेवी युवराज न्यौपाने लगायतले बोल्दै गरिवी न्यूनिकरणको लागि सामुदायिक वनहरुले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक, विद्यार्थी, वनको संरक्षणमा योगदान पुर्याउनुभएका महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष रसाईलीले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्याम थापाले करिव ३० लाख बरावरको आर्थिक प्रतिवेदन र लेखा सदस्य गणेश पुनले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समुहका उपाध्यक्ष निर्मल पराजुलीको स्वागत र सचिव नानीमया पहारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %