कानुङ्ग मिफुरुङ्ग बचत कोष देवदहको प्रथम बार्षिक साधारण सभा सम्पन्न !

Read Time:2 Minute, 5 Second

गाविन्द घर्ती

Image may contain: 3 people, people standing

देवदह, पौष १६ – कानुङ्ग मिफुरुङ्ग बचत कोष देवदहको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कोषका अध्यक्ष प्रेम सारुको अध्यक्षता र निर्धन उत्थान बैक भैरहवा शाखाका प्रमुख कृष्ण थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो-अवसरमा बोल्ने वक्ताहरुले सहकारी नियम अनुसार चल्ने हो भने सहकारीहरुले फड्को मार्न सक्नेमा जोड दिएका थिए । उनीहरुले सहकारी मार्फत व्यवसायीक क्षेत्रमा लगानी गरेर आर्थिक उपार्जन गर्न सकिने भएकोले सहकारीमा आवद्ध हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका वक्ताहरुले सहकारीहरुले शेयर सदस्यलाई लक्षित गरी कार्यक्रम र योजना ल्याउनु पर्ने बताएका थिए । कार्यक्रममा निर्धन उत्थान बैक भैरहवा शाखाका प्रमुख कृष्ण थापा,किसान बहुदेश्यीय संस्थाका व्यवस्थापक दलबहादुर विरकट्टा,कोषका सल्लाहकार संयोजक विनोद थापा,सल्लाहकार श्याम थापा,चिरन पुन,बेदबहादुर थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा कोषका अध्यक्ष प्रेम सारुले बार्षिक प्रतिवेदन,कोषाध्यक्ष किसनबहादुर थापाले आर्थिक प्रतिवेदन र लेखा संयोजक जसु पुनले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषका उपाध्यक्ष शोभाकुमारी थापाको स्वागत र व्यवस्थापक रिम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %