कविता

माया घले मगर

 

Image may contain: 1 person, standing and outdoor

 

 

 

 

 

 

 

 

मालपोत,अदालत,जिल्ला प्रशासन जताततै चल्छ घुँस
गास खानुको सट्टाले खानु नि धानको  भुस |

भ्रस्टाचारीहरुलाई लाग्दैन कति पनि लाज
घुष लिने दिने दुवै रास्ट्र घाती हो तर हुदैन लिगल्ली काज |

घुँडा धसि-धसी पढ्नेहरुको सर्टिफिकेट काम न काज
नेता, भ्रष्टचारी घुसखोर सबैलाई फाप्ने राजधानी काठमाडौँको माझ |

कहिल्लै नटुंगिने भयो मान्छे मान्छेमा जुधाईको खेल
बन्द, हड्ताल, चक्काजाम काठमाडौँमा दलाली नेताहरुको यहि हो काम |

अपांग, नमुखा, अपहेलित दुन्दुपिडितहरुको काठमाडौँ शहरमा बेहालत भएको छन्
हुने खानेहरु दिन रात डिस्को, डान्स, रेस्टुरेन्ट धाको छन् |