सनु थापा मगर
बुटवल, पौष १६ – बुटवलमा रहेको कानुङ बचत तथा ऋण सहकारी संस्था लि.ले एक दिने लोकसेवा तयारी कक्षा सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
आफ्ना शेयर सदस्यका छोराछोरीहरुलाई लक्षित गरी शुक्रबार तालिम सञ्चालन गरेको हो । तालिममा सहभागीहरुलाई बुटवल बहुमखी क्याम्पसका उपप्राध्यापक धन बहादुर रेस्मीले सहजीकरण गर्नु भएको थियो ।
सहकारीका अध्यक्ष जंग बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न तालीम समापन कार्यक्रममा संस्थाका सल्लाहकार मन बहादुर राना,शिक्षा समिति सदस्य दान बहादुर थापा,दिल बहादुर थापा,ठमी थापा,बसन्त कुमार सिजाली,चित्र बहादुर खप्तडी,शर्मिला राना,तिलक थापा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम सहकारीका उपाध्यक्ष टोप बहादुर थापाको स्वागत तथा सचिव हरीदेव थापाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा ९० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
