सनु थापा मगर
बुटवल, पौष १२ – तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा तमु ह्युल छोँजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीद्वारा आयोजना गरीने मुल समारोहको सम्पुर्ण तयारी पुरा भएको छ ।
विभिन्न कार्यक्रमहरु सहित मनाउन लागिएको ल्होसार समारोहका लागि सम्पुर्ण तयारी पुरा भएको परिषद्का सचिव दिपक गुरुङले जानकारी दिनु भयो । पौष १५ को मुल समारोहलाई नेपाली कांग्रेसका नेता एवं रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
पौष १५ को अवसरमा तमु समुदायले विभिन्न रचनात्मक कार्यहरु सम्पन्न गर्ने जनाएको छ । विरामीहरुलाई फलफुल वितरण, सरसफाई लगायत आफ्नै मौलिक संस्कृतिमा नृत्य प्रतियोगीता समेत राखिएको तमु ह्युल छोँजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीका अध्यक्ष सुर्जेलाल गुरुङले जानकारी दिनुभयो । यसैबीच तमु प्येल्हु संघ रुपन्देहीले पनि बुटवल–१५ स्थित पहेँले भित्तामा विभिन्न कार्यक्रमहरु सहित तमु ल्होसार मनाउने तयारी गरेको संघका केन्द्रिय सदस्य दुत बहादुर तमुले जानकारी दिनुभयो।
