मेलामा मगर मौलीक खानाको परिकारमा आकर्षण !

Read Time:1 Minute, 59 Second

सनु थापा मगर


बुटवल, पौष १२ – बुटवल मण्डपमा जारी १७ औं औद्योगीक प्रदर्शनीमा मगर समुदायको मौलीक परिकारहरु बारा(बटुक), सेल, गुन्द्रुकको अचार, चुकौनी, कोदोको ढिँडो लगायतका परिकारहरुको स्वादप्रति मेलामा जाने दर्शकहरुको आकर्षण बढेको छ ।

मगर समुदायको मौलीक खानाको परिकारलाई प्रर्वद्धन र प्रचारप्रसार गर्ने उदेश्यले जारी औद्योगीक ब्यापार मेलामा मगर महिलाहरुले मगरका मौलीक खानाहरुको स्टल राखेर यसको प्रर्वद्धन गरिरहेका छन् । नेपाल मगर महिला संघ रुपन्देहीका सचिव केशरी गाहा मगरले मगर समुदायको मौलीक खानाको परिकारप्रति दर्शकहरुको आकर्षण राम्रो रहेको बताउनु भयो ।

मेलामा आएका दर्शकहरुले बटुक, सेलरोटी लगायतका परिकारहरु अत्यधिक मन पराएर खाने गरेको बताउनु भयो । त्यस्तै ढिडोमा पनि उत्तिकै आकर्षण रहेको उहाँले बताउनु भयो । मेलामा सहभागी दर्शक र पाहुनाहरुको स्वास्थलाई ध्यानमा राखी आफुहरुले खाना बनाउँदा सरसफाईलाई पनि उत्तीकै ध्यान दिने गरेको उहाँले बताउनु भयो । तर आयोजकले भने घरेलु, कृषि लगायत मौलीक प्रकृतिका स्टलहरुलाई अलि असहज ठाउँ तर्फ स्थान छुट्याएकाले आफुहरुलाई समस्या भएको उहाँहरुको गुनासो छ ।

मौलीक परिकारहरुले मेलामा आउने हरेक दर्शकहरुको मन जित्न सफल भईरहेको र एकपटक मेलामा आएर मगर समुदायको खाना र परिकारको स्वाद लिन पनि मगर महिलाहरुको आग्रह छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %