मगर संघ हंगकंगको माघ्या सक्राटी यस पटक बिशेस हुने

Read Time:1 Minute, 49 Second

                  भीम बरही मगर, २७ डिसेम्वर, मगर संघ हंगकंगको आयोजनामा १५ जनवरी २०१७ का दिन मंकीहिलमा मनाइने माघ्या सक्राटी (माघे सक्रान्ती) कार्यक्रम गत बर्षहरूमा भन्दा भिन्न हुने भएको छ ।  माघे सक्रान्तीको अवसर पारेर विश्व मगर सम्मेलनको आयोजना गर्ने पत्राकार सम्मेलन गरी जानकारी गराइएको थियो । यसै अवसरमा नेपाल मगर संघकी मुख्य सचिव रेणुका काउछा मगर, डा. मीन श्रीस मगर, मगर पत्रकार रूद्र श्रीस मगर, युके मगर संघका अध्यक्ष नेम थापा मगर, जापान मगर संघका दिलिप राना मगर, कोरीया मगर संघकी शुसिला चुमी थापा मगर, मगर संघ मलेशियाबाट नर बहादुर पुन मगर र मकाउबाट सुदर्रशन थापा मगर माघे सक्रान्ती कार्यक्रममा र सम्मेलनमा सहभागी हुनेछन । अन्य देशको प्रतिनिधिहरूको पनि आउने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष चन्द्र ज्योति आले मगरले बताइन । कार्यक्रममा मगर खानाका बिभिन्न परिकार, मगर समुदायमा नाचिने बिभिन्न नृत्यहरू साथै मगर समुदायले प्रयोग गर्ने बिभिन्न घरायसी सामग्रीहरू तथा मगर समुदायमा लगार्इने भेष भुषाहरूको प्रर्दशन गरीने र मगर समुदायमा प्रचलित खेल ठेला हान्ने, धनुष बाण हान्ने तथा डोरी तान्ने खेल खेलाइने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %