सनु थापा मगर
बुटवल, पौष १२ – तमुहरु मिलेर जानुको विकल्प नभएकोमा बुटवलमा भएको कार्यक्रममा तमु अगुवाहरुले जोड दिएका छन् ।
उनीहरुले तमुहरु एक नभए भाषा, धर्म, संस्कार र संस्कृति बचाउन नसकिने पनि बताएका छन् । आदिवासी जनजाति पत्रकार मञ्च–नेपाल, रुपन्देहीले तमु समुदायको महान पर्व ल्होसारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने तमु अगुवाहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दैं तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्दीय उपाध्यक्ष माया गुरुङले तमु छोंज धीं र तमु प्येल्हु संघ एक अर्काको पुरक भएको भन्दै तमुमा बिभाजन होइन एकता रहेको बताउनुभयो । उहाँले हामी जहा भएपनि धर्म, भाषा, संस्कृति जोगाउनका लागि तमुहरुबीचमा एकता नभई नहुने बताउनुभयो ।
तमु प्येल्हु संघका केन्द्रीय सदस्य क्या.दुतबहादुर गुरुङले हामी संर्किण भएर होइन फराकिलो छातीका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाले ल्होसारसंगैं मनाउंन विकल्प रहेकोमा जोड दिंदैं छलफल गर्न संघ तयार रहेको बताउनुभयो । मञ्चका अध्यक्ष टेकबहादुर मास्कीरानाको अध्यक्षता र नेपाल मगर पत्रकार संघ रुपन्देहीका अध्यक्ष पत्रकार सनु थापाको सञ्चालनमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, रुपन्देहीका का.वा. अध्यक्ष बिमला गुरुङ, प्येल्हु संघ, रुपन्देहीका उपाध्यक्ष खड्ग बहादुर तमु, नगर अध्यक्ष नन्दलाल गुरुङ, माङी समिति, रुपन्देहीका अध्यक्ष कुमारी गुरुङ, प्येल्हु माङी समिति, रुपन्देहीका अध्यक्ष श्याममाया गुरुङ, नेपाल मगर संघ, बुटवल नगर समिति अध्यक्ष गोपाल चौहान, प्रेस युनियन, रुपन्देहीका सचिव कविन्द्र नेपाल लगायतले बोल्नुभएको थियो ।
