तमुस्यो रि च्हमी परिवारद्वारा ल्होछार स्योकैंबाट उठेको रकम अनाथ बालबालिकालाई हस्तान्तरण !

Read Time:3 Minute, 24 Second

रूद्र श्रीसमगर


Image may contain: 9 people, people standing and outdoor

पोखरा, पुस ११ – चाडबाड भन्ने बित्तिकै रमाइलो र खानपानमा बढी नै खर्च गर्ने प्रचलन छ । अझ नेपाली समाजमा पछिल्लो समय भड्किलो संस्कृतिले ठाउँ लिँदै गएका बेला चार जना पोखरेली चेलीहरूले भने चाड मनाउन आयोजना गरिएको कार्यक्रमबाट आएको पैसा सामाजिक कार्यमा खर्च गरेका छन् ।

गुरुङ समुदायको प्रमुख सांस्कृतिक चाड ल्होछार/ल्होसार आगमनसँगै विभिन्न क्षेत्रमा चहलपहल समेत सुरु भएको छ । प्र–ल्हो अर्थात् बाँदर वर्गलाई बिदाइ गरी च्Þय–ल्हो अर्थात चरा वर्गको स्वागतमा पोखराका चार जना गुरुङ चेलीहरूले गत पुस २ गते शनिबार ल्होछार/ल्होसार स्योकैं कार्यक्रमको आयोजना गरे । सोही कार्यक्रमबाट खर्च कटाएर बचेको पैसा काठमाडौं स्थित एकीकृत सिर्जनशील समाज नेपालमा आश्रित रहेका दशवर्षे जनयुद्ध र भूकम्पमा आमा बाबु गुमाएका बालबालिकाहरूका लागि उनीहरूले सहयोग गरेका हुन् ।

उनीहरूले तमुस्यो रि च्हमी परिवारको नामबाट कार्यक्रम आयोजना गरी बचेको ५२ हजार रुपैयाँ काठमाडौं पुगेर सो समाजमा आश्रित ३२ अनाथ बालबालिकाका लागि सहयोग गरे । परिवारका संयोजक गौरी गुरुङ, निशा गुरुङ, सुगन्ध गुरुङ र पुनम गुरुङसहित लोक तथा दोहोरी कलाकारद्वय आरके गुरुङ, इन्द्रा गुरुङ, युवा समाजसेवी लालबहादुर गुरुङ तथा सञ्चारकर्मी विवेक गुरुङले संयुक्त रूपमा समाजका कोषाध्यक्ष आमाविहीनहरूकी आमा जुनु पुनलाई सो रकम हस्तान्तरण गरे ।

Image may contain: one or more people and outdoor

सो-अवसरमा परिवारकी संयोजक गौरी गुरुङले आमाविहीनहरूका लागि आमाको सहारा दिएको भन्दै थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । समाजकी कोषाध्यक्ष जुनु पुनले सबैको सहयोग पाए अभिभावकविहीन बालबालिकाहरूको भविष्य राम्रो बनाउन सकिने भन्दै अहिलेसम्म मनकारी धेरै व्यक्ति र संघसंस्थाले सहयोग गरेको भएपनि राज्यले भने कुनै सहयोग नगरेको गुनासो गर्नुभयो ।

समाजमा अहिले ३२ बालबालिका आश्रित छन् । उनीहरूका लागि विभिन्न व्यक्ति र संघसंस्थाले बेलाबखतमा धेरथोर सहयोग गर्दै आएका छन् । उनीहरूको शिक्षा दीक्षा र पालनपोषणका लागि समाजले आफैं खर्च व्यवस्थापन गरिरहेको छ । समाजद्वारा सञ्चालित बालगृहलाई अहिलेसम्म कुनै पनि सरकारी एवं गैरसरकारी संस्थाले सहयोग नगरेको समाजकी कोषाध्यक्ष जुनु पुनले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %