जनमुक्ति पार्टीको जिल्ला नेताहरुको दमौलीमा भेला हुदै !

Read Time:2 Minute, 15 Second

संजय सिंजाली मगर


काठमाण्डौं, पौष ११ – राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला अध्यक्ष र सचिवहरुको भेला तनहुँको दमौलीमा भोली १२ गते सुरु हुदैछ । पार्टी अध्यक्ष केपी पालुङगाले भोली १२ बजे नै भेलाको उद्धघाटन गर्ने छन् । भेला २ दिन सम्म चल्ने छ ।

उक्त भेलामा केन्द्रिय नेता, पदाधिकारी, विभागीय प्रमुखहरु र राज्य परिषदका अध्यक्ष र सचिवहरुको पनि उपस्थित रहने छ । पार्टीको पाँचौ महाधिबेशन पश्चात हेटौडाको दोस्रो बैठकले सबै राज्य परिषद र जिल्ला समितिको अधिबेशन पुस मसान्त सम्ममा गर्ने निर्णय गरेको थियो । लिम्बुवान राज्यपरिषदले मंसिर २५ गते लिम्बुवानको ९ जिल्लामा एकैसाथ अधिबेशन सम्पन्न गरेको थियो । मधेश प्रदेशको ४ जिल्ला, तामासालिङ्गको ५ जिल्ला र मगरातको १८ जिल्ला मध्ये केहि जिल्ला बाहेक सबैमा पुस २ गते अधिबेशन सफलताको साथ सम्पन्न भैसकेको छ । ५ नं. प्रदेश सम्सोधनप्रश्ताव संसद्मा दर्ता भए देखि मगरात प्रदेशमा एमालेले बन्दहड्ताल गर्दै आईरहेको कारणले केहि जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ । त्यस्तै लुम्बिनी राज्यपरिषदको कपिलबस्तु, रुपन्देही र नवलपरासीमा अधिबेशन सम्पन्न भईसकेको छ ।

पुस २८ र २९ गते मगरात राज्य परिषदको अधिबेशन धौलागिरीको बाग्लुङमा सम्पन्न हुदैछ । पुस १२ र १३ गते २ दिन सम्म चल्ने भेलाले जिल्ला अध्यक्ष र सचिवहरुलाई केन्द्रिय नेताहरुले प्रशिक्षण दिने राज्यसत्तालाई एक केन्द्रिय नेताले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %