गणेश थापा मगर

काठमाडौं, पौष १० – नेपाल मगर संघ अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको पाँचौं अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । बागबजारस्थित हार्दिक होटलमा भएको अधिवेशनले दुई वर्ष कार्यकालका लागि १९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । धारापानीका झविन्द्रबहादुर पुन मगरलाई अध्यक्ष पदमा सर्वसम्मतबाट चयन गरिएको हो । त्यस्तै उपाध्यक्ष भीमबहादुर दर्लामी मगर(नरपानी), सचिव संजय रेश्मी मगर(जुकेना), सहसचिव शारदा रेश्मी मगर(खिल्जी), कोषाध्यक्ष नरेश छहारी मगर(पणेना), सदस्यहरुमा ज्ञानु पुन मगर(हंसपुर), यज्ञबहादुर पुन मगर (हंसपुर), कमल बहादुर थापा मगर(गोखुङ्ग), दिपा लामिछाने (जलुके), करिष्मा धर्ती मगर(धारापानी), कमला रेश्मी मगर(पठौटी), सुरज पुन मगर(धनचौर), प्रमोद मगर( खिल्जी), अशोक सारु मगर( पठौटी), धन बहादुर मसोई मगर(खिल्जी), प्रेम पुन मगर(धारापानी), सन्तोष बुढाथोकी मगर(जुकेना), अमृत थापा मगर(अङ्गुरी) र पशुपति सिंजाली मगर(ठाडा) रहेको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।
नेपाल मगर संघ केन्द्रिय समिति संगठन सचिव जगत रेशमी मगरको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा विशेष अतिथि नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष राजेन्द्रबहादुर थापा मगर, महासचिव होमराज खपाङ्गी मगर, नेपाल मगर संघ सिन्धुपाल्चोक सम्पर्क समितिका अध्यक्ष दिपक थापा मगर, लगायतको विभिन्न जिल्ला सम्पर्क समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
