दुर्गा तिवारीको हत्या र संविधान संशोधनको विरुद्धमा रुपन्देहीको देवदहमा मोटर साईकल र्याली !

Read Time:2 Minute, 45 Second

गोविन्द घर्ती

देवदह, पौष ९ – युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या र संविधान संशोधनको विरुद्धमा रुपन्देहीको देवदहमा मोटर साईकल र्याली तथा एक घण्टा चक्का जाम सम्पन्न भएको छ ।

संयुक्त संघर्ष समिति क्षेत्र नं १ र युवा संघ नेपाल क्षेत्रीय कमिटीको आयोजनामा उक्त मोटर साईकल र्याली तथा एक घण्टे चक्का जाम भएको हो । देवदहको खैरेनी देखि शुरु भएको मोटर साईकल र्याली, सिगाहा, भवानीपुर, शितलनगर हुदै खैरेनी चोकमा आएर कोणसभामा परिणत भएको थियो । तिवारीको हत्यारालाई कार्वाही गर, सहीद घोषणा गर, संविधान संशोधन गर्न पाईदैन जस्ता नारा र्यालीमा लगाईएको थियो ।

कोणसमा बोल्ने वक्ताहरुले संविधान संशोधनको आन्दोलनको अग्रपंत्तीमा रहेका दुर्गा तिवारीको हत्या गरी आन्दोलनलाई तुहाउने काम गरेको बताएका थिए । उनीहरुले अपराधी समुहको गोली प्रहारबाट मृत्यु भएका तिवारीलाई सहीद घोषणा गर्नु पर्ने, अपराधीलाई तत्काल कार्वाही गर्नु पर्ने र संविधान संशोधनको प्रस्ताव तत्का फिर्ता लिनु पर्नेमा जोड दिएका थिए । उनीहरुले अपराधीलाई कार्वाही, सहीद घोषणा र संविधान संशोधन प्रस्ताव फिर्ता नलिदा सम्म आन्दोलन जारी रहने बताएका थिए ।

संयुक्त संघर्ष समिति क्षेत्र नं १, रुपन्देहीका संयोजक निलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कनेकपा एमालेका जिल्ला सदस्यद्धय सद्धिचरण भट्टराई, ऋषिराम सापकोटा, युवा संघका जिल्ला सदस्य कृष्णराज पौडेल, क्षेत्रीय अध्यक्ष ध्रुव खरेल, अनेरास्ववीयुका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल, संयुक्त संघर्ष समितिका सदस्यद्धय हरी केसी, रामप्रसाद भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । मोटरसाईकल र्यालीमा हजारौको संख्यामा युवाहरुको सहभागिता रहेको थियो । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %