अनु्ग्रह कृषि सहकारी संस्थाको पाचौ बार्षिक साधारणसभामा संम्पन्न !

Read Time:2 Minute, 44 Second

गोविन्द घर्ती


Image may contain: 6 people
देवदह, पौष ९ – कृषिको प्रवद्र्धन विना देशको अर्थतन्त्र सुधार हुन नसक्ने जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य प्रकाश अर्यालले बताउनु भएको छ ।

उहाले कृषि र पशुपालनलाई व्यवसायीक बनाउन सके आत्मनिर्भर बन्न सक्नेमा जोड दिनु भएको थियो । अनु्ग्रह कृषि सहकारी संस्था देवदहको पाचौ बार्षिक साधारणसभामा बोल्दै अर्यालले सहकारी मार्फत समाज रुपान्तरण गर्न सकिनेमा जोड दिनु भयो । अर्यालले सहकारीले अनुचित ढंगले नाफा कमाउन नहुने भन्दै शेयर सदस्यहरुको जीवन स्तर उकास्न सहकारीहरु लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

उहाले सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा आवश्यक रहेको भन्दै सहकारीको विकासको लागि शेयर सदस्यहरु चनाखो भएर लाग्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विकले आत्मनिर्भरको लागि सहकारीहरुले कृषि क्षेत्रलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको थियो ।

सहकारीका अध्यक्ष डिल्लीप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल, कोलुवा कृषि सहकारीका अध्यक्ष चक्रपाणी न्यौपाने, वरपिपल कृषि सहकारीका अध्यक्ष तेजलाल डुम्रे, चेलि कृषि सहकारीका अध्यक्ष सावित्री वस्याल, नव प्रभात महिला सहकारीका अध्यक्ष निर्मला अधिकारी लगायतले आ–आफना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट कृषक सहवीर विक, ताराप्रसाद सापकोटा, संस्थापक समिति, उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष खनालले बार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक त्रिलोचन दहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष दुर्गा ढुंगानाको स्वागत र रमा चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %