रुद्र श्रीसमगर
पोखरा, पुस ८ – नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति कास्कीले कास्कीका विभिन्न क्याम्पस तथा मा.वि.हरूमा संगठन विस्तारलाई निरन्तरता दिएको छ ।
पोखरा–१८, काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा २४ सदस्यीय नेपाल मगर विद्यार्थी संघ कालिका बहुमुखी क्याम्पस समिति गठन गरेको छ । शुक्रबार बिहान भएको मगर विद्यार्थीहरूको एक भेलाले उक्त समिति गठन गरेको हो । भेलाबाट अध्यक्षमा सन्ध्या जुग्जालीमगर सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा सन्तोष रानामगर, सचिवमा खममाया घर्तीमगर, सह–सचिवमा नैना रानामगर, कोषाध्यक्षमा विमला थापामगर रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा क्रमशः साहासी रानामगर, मनिषा पुनमगर, खिमा फगामीमगर, रवि थापामगर, दलबहादुर छन्त्यालमगर, रेनु श्रीसमगर, साजन पल्लीमगर, दुर्गा पुनमगर, काजल छन्त्यालमगर, पुनम पुनमगर, प्रिती थापामगर, मनिषा काउचामगर, मोती रानामगर, अस्विन थापामगर, विना पुर्जामगर, आकृति थापामगर, सिम्रन घर्तीमगर, रुपा बुढामगर र विनोद पुनमगर रहनुभएको छ । भेलामा नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोकामगरले मगर समुदाय र मगर विद्यार्थीहरूको समसामयिक विषयवस्तुमा प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, संघका जिल्ला अध्यक्ष दिनेश रोकामगर र संघकै पृथ्वीनारायण क्याम्पस समितिका निवर्तमान कोषाध्यक्ष प्रेम बुढामगरले नवनिर्वाचित समितिलाई शुभकामना दिँदै आवश्यक दिशानिर्देश समेत गर्नुभएको थियो । साथै, भेलामा संघको आसन्न नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न समेत आग्रह गरिएको थियो ।
