देव पचभैया
पाल्पा, पौष ७ – भोलि (शुक्रवार ) तानसेनमा हुने बृहत जनसभाको तयारी पुरा भएको छ । नेपाल मगरसंघ केन्द्रिय समिति, मगरांत संघर्ष समिति, संयुक्त मगर मञ्च नेपालको आयोजनामा हुने जनसभा र झाकी र्यालीको तयारी पुरा भएको स्थानिय ब्यवस्थापक नेपाल मगर संघ पाल्पाले जनाएको छ ।
सभालाई मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका, संघका पुर्ब अध्यक्ष महेन्द्र थापा, पुर्ब वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, पुर्ब महासचिब सुरेश आले, पुर्व सांसद सुदर्शन वराल लगाएत सबै पार्टीका मगर घटकका प्रमुखहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ ।
आफ्ना पहिचान र पहिरन सहित उपस्थित हुने सहभागीहरुले टुडिखेल स्थित लखनपार्क वाट र्याली निकाल्ने र हुलाकचोक निर सभागर्ने कार्यक्रमका आयोजकहरुले बताएका छन् । मगर सघन बस्ती रहेका जिल्लाहरुलाई एउटै प्रदेशमा राख्नु पर्ने लगाएतका माग गर्दे आएको मगर संघले अहिले संसदमा पेश भएको संसोधित संविधानले केही मात्रा भएपनि माग पुरा गर्ने भएकाले संसोधिन संविधान पास गर्न माग गर्दे आएको छ ।
