माया घले मगर
ईजरायल, डिसेम्बर २१ – मगर संघ इजरायलका अध्यक्ष् बसन्त रसकोटी मगर,प्रमुख सल्लाहकार केशव राना मगर , निबर्त्तमान संरक्षण बिष्नु गर्बुजा मगर , निबर्त्तमान संस्कृति संयोजक प्रमुख खीमा पुन मगरको टोलीले नेपाली राजदुताबास इजरायल मार्फत सम्मानीय प्रधानमंत्री पुष्पकमल दहाल ज्यूँ लाई ज्ञापन पत्र बुझाइएको छ ?
ऐतिहासिक भुमि मगरातलाई तीन टुक्रा पारेर बिभाजन गरी ल्याएको ७ प्रदेश सहित जारी गरिएको संबिधान २०७२ लाई संसोधनका लागि नेपाल सरकारले २०७३ मंसीर १४ गते संसदमा दर्ता गरेको संसोधन प्रस्ताबका सवालमा मगर समुदायको साझा सामाजिक अधिकार माथि रास्ट्रिय संगठन नेपाल मगर संघ इजरायलले नेपाली राजदूताबास इजरायल मार्फत सम्मामीय प्रधानमन्त्री ज्यु लाई यसै ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउदै निम्न मागहरु सम्बोधन गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ |
* राज्यको पुनसंरचना सन्दर्भमा प्रदेश न.५ मा रहेको केहि जिल्लाहरु प्रदेश न. ४ का जिल्लाहरु का भू-भागहरुलाई समेटी ऐतिहासिक पहिचानको आधारमा सम्पन्न एकिकृत मगररात स्वायत प्रदेश स्थापना गर्न जोडदार माग गर्दछौ |
* हालको ७ प्रदेश सिमांकन बरिबर्तन लागि न. ५ प्रदेशको पहाडी जिल्लाहरुलाई न. ४ प्रदेशमा समाहित गर्ने गरी १७ वटा जिल्लाहरुको न. ४ प्रदेशमा प्रस्ताब गराउने मगरहरुको संघन बस्तिको क्लस्टरलाई केहि हद सम्म सम्बोधन गर्ने भएको हुनाले संसदबाट उक्त संसोधन प्रस्ताब पारित गराउन हुन् को लागि जोडदार माग गर्दछौ |
* मगरात कलस्टर गर्दा कति पय राजनीतिक नेताहरुले बिरोध गरेकोमा गम्भीर आपत्ति जनाउदै मगरात भुमि फेरी पनि चिरा पार्ने गरी जनतालाई भ्रम पर्ने आन्दोलनको नाटक गरि राख्ने हो भने बाध्य भएर मगरात बासी र सारा मगर समुदाय सडकमा आउनुको साथै मगरात भूमि अथवा मगरात पहिचान बिरोधीहरुलाई कारबाही गर्न र सामुहिक रुपमा वहिष्कार गर्न बाध्य हुनेछौ त्यसबाट हुने जुनसुकै परिमाणको जिम्मेवार स्वयं राज्य र प्रमुख राजनीतिक पार्टीहरु हुनेछन भने यसै ज्ञापन पत्र मार्फत जानकारी गराउन चाहन्छौ जय मगरात |