एक मुठ्ठी रगतहुदा सम्म लड्छु: पाण्डेय !

Read Time:2 Minute, 14 Second

 

गुरास अटरिया


पौष ३ –
संबिधान संशोधन प्रस्ताबको बिरुद्ध र ५ नम्बर प्रदेश बिभाजनको बिषयमा शरिरमा एक मुठ्ठी रगत हुदा सम्म सदनमा लड्ने एमाले नेता तथा सांसद सोमप्रसाद पाण्डेयले घोषणा गर्नु भयो ।

तिन दिने आमहड्तालको समापनको अवसरमा पाल्पामा भएको कोणसभालाई सम्बोधन गर्दै सांसद पाण्डेयले यो संबिधान शंसोधनको प्रस्ताब देश बिखण्डन गर्ने मनासायका साथ असम्बैधानिक तवरबाट अरुको इसारामा आएकाले यसलाई ससंदमा दर्ता हुन नदिनकोलागी एमाले लगायतले संसद अबरुद्ध गर्नु परेको र यसको सर्मथन गर्न नसकिएको बताउनुभयो ।

प्रदेश नम्बर ५ का पहाडी जिल्ला र तराईका जिल्लाबिच घर र गोठको सम्बन्ध भएको भन्दै कुनै हालतमा बिभाजनहुन नदिने सासंद पाण्डेयको दाबी छ । आन्दोलनचोक पाल्पामा भएको कोण सभामा नेपाली कांग्रेस पाल्पा सचिब झपेन्द्र गैरे, नेकपा मालेका नबिन पौडेल,अखण्ड नेपालका दिनेश रावल, राप्रपाका रेवन्त बहादुर बिष्ट विद्यार्थी नेताहरु जिवन आचार्य, कृष्ण बहादुर आले व्यवसायी यादव सिंह कार्की लगायतले आन्दोलन जारी राख्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा व्यवसायी यादव सिंह कार्कीले आन्दोलन बिरोधी भाषण गरेको भन्दै केहीबेर उहाँको बिरोध गरेका थिए ।

कोण सभाको समापन संगै पाल्पा बन्द फिर्ता भएको छ । पाल्पाको संयुक्त सर्घस समितीले आन्दोलन जारी राख्ने तर आन्दोलनको स्वरुप परिवर्तन गर्ने र बन्दका कार्यक्रमहरु केही समयको लागी स्थगित गर्ने बताएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %