गोविन्द घर्ती
देवदह, पौष २ – संविधान संशोधन प्रस्ताव राष्टिय हित विपरितआएकोले तत्काल फिर्ता लिनु पर्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल श्विकर्माले बताउनु भएको छ ।
संयक्त संघर्ष समितिले क्षेत्र नं १, रुपन्देहीकाले देवदहको खैरेनीमा आयोजना गरेको विरोध सभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले सरकारले असवैधानिक र गलत नियतले ४ बुदे संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसको विरुद्धमा सडक तथा सदनमा प्रतिवाद गर्नुपर्नेमा जोड दिनु भयो । अहिलेको आवश्यकता संविधान संंशोधन भन्दा कार्यान्वयन भएकाले त्यसका लागि सहमति कायम गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । जनताको चाहना विपरित सरकारले संशोधनको लागि जोड दिए जनताबाट सत्ताधारीहरु नाङगिएर जाने बताउदै जनता नै निर्णयक शक्ति भएकाले प्रस्ताव गरिएको संशोधन कुनै हालतले पास नहुने बताउनुभयो ।
देशमा अस्थिरता निम्त्याउनका लागि विदेशी शक्तिको आडमा भएको अहिलेको गतिविधि नागरिकको तहबाट निषेधित हुने समेत उहाले दावी गर्नु भयो । सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिट व्यूरो सदस्य बैजनाथ चौधरीले संविधान संशोधनको प्रस्ताव ल्याएर संविधान कार्यान्यवन नगर्न सरकार लागि परेको बताउनु भयो । उहाले सरकारले भारत र मधेशी दललाई खुसी पार्न संविधान संशोधन प्रस्ताव ल्याएको बताउदै त्यसलाई कार्यान्वयन गर्न कुनै हालतमा नदिने चेतावनी दिनु भयो । सासद समेत रहनु भएका चौधरीले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको कुनै टुक नभएको भन्दै त्यसलाई कार्यान्वयनमा लैजान नदिन आम नागरिकबाट दवाव दिनु पर्नेमा जोड दिनु भयो । उहाले संविधान कार्यान्वयनले मात्र देशमा समृद्धि स्थापित गर्ने भएकोले ३ तहको निर्वाचन गरेर संविधान कार्यान्वयन तर्फ लाग्न आग्रह गर्नु भयो ।
उहाले सडक र सदनबाट आन्दोलन गरेर सरकारलाई घुडा टेकाएर छाड्ने चेतावनी दिनु भयो । संयुक्त संघर्ष समितिका संयोजक निलकण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष शिवप्रसाद सुवेदी, राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय पार्षद माधव रिमाल, लोकतान्त्रिक मधेशी संघका जिल्ला अध्यक्ष सञ्जयकुमार गुप्ता, नेकपा माक्र्सवादीका केन्द्रिय सदस्य रामप्रसाद भराई लगायतले बोल्दै सरकारले ल्याएको चार बुदे संविधान संशोधन प्रस्ताव राष्टघाती भएको बताएका थिए ।
नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराईको स्वागत र यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार बैकुण्ठ महत, हास्यकलाकार विष्णु पाण्डे, वालकलाकार अनुभाव अर्याल लगायतले राष्ट्रिय गीत प्रस्तुत गर्नु भएको थियो ।
