गोविन्द घर्ती
देवदह, मंसीर ३० – वनमा लाग्ने डढेलो र चरिचरन चुनौती रहेको शितलनगर सेक्टर वन कार्यालयका सहायक वन अधिकृत सतेन्द्रनारायण सिंहले बताउनु भएको छ ।
उहाले वनको संरक्षण र सम्वद्र्धन गर्ने हो भने पहिला वन डढेलो नियन्त्रण गर्न सामुदायिक वनहरु लाग्नु पर्नेमा जोड दिनु भयो । स्मृति सामुदायिक वन उपभोक्ता समुह देवदह–८, को छैठो बार्षिक साधारणमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले वनको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व उपभोक्ताहरुको भएकोले आम उपभोक्ताहरु सचेत र सजग भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले वनको संरक्षण र सम्वद्र्धनको लागि सामुदायिक वनहरुले दीगो कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिदै सामुदायिक वनहरुले बृक्षारोपण गरेर मात्र नभई त्यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा जोड दिनु भयो ।
सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भरत गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा शितलनगर ईलाका वन कार्यालयका प्रमुख वलराम पोखरेल, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, नेकपा एमालेका पदम थापा, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, सृजना सामुदायिक वनका अध्यक्ष कृष्ण अधिकारी, देवदह प्रहरी चौकीका प्रमुख हरिनारायण श्रेष्ठ, राष्ट्रपति चुरे संरक्षणका टेकराज तिवारी, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना लगायतले बोल्दै वनको संरक्षण संगै उपभोग गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समुहका अध्यक्ष गुरुङ्गले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष चमकान्त खरेलले करिव ३४ लाख ८६ हजार रुपैया बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
समुहका उपाध्यक्ष अर्जुन ढकालको स्वागत र सचिव शुसिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
