मगर विद्यार्थी पिएन क्याम्पसको १९ औं अधिवेशन आगामी पुस ७ गते हुने !

Read Time:3 Minute, 3 Second

रूद्र श्रीसमगर

पोखरा, मंसिर २९ – नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस समितिको १९ औं क्याम्पस अधिवेशन आगामी पुस ७ गते हुने भएको छ । बुधबार सम्पन्न क्याम्पस समितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष निशा घर्तीमगरले जानकारी दिनुभयो । बैठकले अधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू समेत बनाएको छ ।

जसमा सांगठनिक तथा आर्थिक प्रतिवेदन तयारी उपसमितिका लागि कोषाध्यक्ष प्रेम बुढामगर, सांस्कृतिक उपसमितिमा रुपा रानामगर, खाजा तथा पानीमा निशा पुर्जामगर, साउण्ड सिस्टम तथा मञ्च सजावटमा प्रेम बुढामगर, प्रशंसापत्र/प्रमाणपत्र, मायाको चिनो तयारी उपसमितिमा निशा घर्तीमगरलगायत रहनुभएको छ । त्यस्तै, हरेक वर्ष समितिले प्रदान गर्दै आएको गरिब तथा जेहेन्दार छात्रवृत्ति रकम वितरणका लागि छनौट समिति समेत गठन गरेको छ । जसको संयोजकमा पृथ्वीनारायण क्याम्पस अंग्रेजी विभागका उप–प्राध्यापक निर्मल थापामगर तथा सदस्यद्वयमा संघका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर र क्याम्पस समिति अध्यक्ष निशा घर्तीमगर रहनुभएको छ ।

‘वैज्ञानिक, व्यवहारिक र बहुभाषिक शिक्षाका लागि हाम्रो आन्दोलन, एकीकृत मगरात स्वायत्त प्रदेशका पक्षमा १९ औं क्याम्पस अधिवेशन’ भन्ने मूल नाराका साथ हुन गइरहेको अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष दीपा आलेमगरलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णय पनि बैठकले गरेको छ । पृथ्वीनारायण क्याम्पसको छात्रविश्राम गृहमा हुने अधिवेशनअघि भव्य र्यालीले क्याम्पस परिसर परिक्रमा गर्ने कार्यक्रम रहेको कोषाध्यक्ष प्रेम बुढामगरले जानकारी दिनुभयो ।

क्याम्पस समितिका अध्यक्ष निशा घर्तीमगरको अध्यक्षतामा भएको बैठकमा नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर विद्यार्थी संघ गण्डकी अञ्चल समितिका सल्लाहकार प्रेम रोकामगर, पृथ्वीनारायण क्याम्पस समितिका कोषाध्यक्ष प्रेम बुढामगरलगायतले विभिन्न सुझाव दिनुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %