च्यह ल्होसार/ल्होछारमा तमुस्यो चेलीबेटीले विशेष स्योकैं कार्यक्रम गर्ने !

Read Time:3 Minute, 14 Second

स्योकैंबाट उठेको रकम द्वन्द्वपीडित र भूकम्पपीडित बालबालिकालाई

रूद्र श्रीसमगर

पोखरा, मंसिर  २९ – तमु (गुरुङ) समुदायको महान् सांस्कृतिक चाड च्यह ल्होसार/ल्होछार (चरा वर्ग)को अवसरमा पोखराका तमुस्यो चेलीबेटीहरूले विशेष स्योकैं कार्यक्रम गर्ने भएका छन् ।
Image may contain: 1 person, standing and text

दश वर्षे जनयुद्ध तथा भूकम्पमा बाबु आमा गुमाएका द्वन्द्वपीडित एवं भूकम्पपीडित बालबालिकाहरूको सहयोगार्थ आगामी पुस २ गते कार्यक्रम गरिन लागेको कार्यक्रम संयोजक गौरी गुरुङले जानकारी दिनुभयो । कार्यक्रमबाट उठेको रकम काठमाडौंको मनमैंजुमा रहेको एकीकृत सिर्जनशील समाज नेपालमा रहेका द्वन्द्वपीडित एवं भूकम्पपीडित बालबालिकाहरूका निम्ति सहयोग गर्ने संयोजक गुरुङले बताउनुभयो ।

तमुस्यो चेलीबेटी परिवारद्वारा आयोजित कार्यक्रममा एकीकृत सिर्जनशील समाज नेपालकी कोषाध्यक्ष एवं समाजसेवी जुनु पुनमगरको उपस्थिति रहने छ । पोखरा–१४, चाउथेस्थित स्वागतम् पार्टी प्यालेसमा हुने सो कार्यक्रमको आयोजकका रूपमा तमुस्यो चेलीबेटीहरू गौरी गुरुङ, पुनम गुरुङ, सुगन्ध गुरुङ र निशा गुरुङ रहनुभएको छ ।
 
आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत राखिएको छ भने विभिन्न क्षेत्रमा योगदान पुर्याएका तमु एवं तमुस्यो व्यक्तित्वहरूलाई सम्मान गरिने छ । लोक तथा दोहोरी गायक आरके गुरुङ, मिस तमुस्यो नेपाल–२०१६ की बिजेता निशा गुरुङ, फेसबुक सामाजिक अभियन्ता सरिता गुरुङ, समाजसेवी मैना गुरुङ, वरिष्ठ संस्कृतिकर्मी एवं गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङ, सोल्टी फोम हाउस, सिजन इम्पोरियमका चोकबहादुर गुरुङ, नमस्ते किड्सका सगुन गुरुङ, सामाजिक अभियन्ता पवित्रा गुरुङ, ह्वाइट लोटस स्टुडियो प्रालिका प्रबन्ध निर्देशक युग गुरुङ र एकीकृत सिर्जनशील समाज नेपालकी सञ्चालिका समाजसेवी जुनु पुनमगरलाई सम्मान गरिने संयोजक गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कास्कीका महिला तथा बालबालिका सेल प्रमुख प्रहरी निरीक्षक चन्द्रा गुरुङको प्रमुख आतिथ्यता रहनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %