मगर संघ अमेरिका न्युयोर्क च्याप्टर गठन !

Read Time:1 Minute, 50 Second



अमेरिका, डिसेम्बर १२ – मगर संघ अमेरिका न्युयोर्क च्याप्टर नया कार्यसमिति, सुमन पुन मगरको अध्यक्षतामा एघार सदस्य समिति आइतबार न्युयोर्क स्थित आदिबासी जनजाति महासंघ अमेरिकाको हलमा गठन भएको छ ।

उक्त समितिमा अध्यक्ष सुमन पुन मगर, उपाध्यक्ष यम पुन मगर, सचीव दिपेश वराकोटी मगर, सह-सचीव दिल प्रसाद थापा मगर, कोषाध्यक्ष धना थापा मगर, सह कोषाध्यक्ष हेम पुन मगर, सदस्य बिष्णु राना मगर, रोशन थापा मगर, रण बुढा मगर चयन भएको छन् भने अन्य तीन सदस्यको मनोनयन आगामी बैठकमा गरिने निर्णय भयेको छ ।

मगर संघ अमेरिका केन्द्रिय समितीको संयोजनमा गरिएको समिति गठन कार्यक्रममा केन्द्रीय समितिका महासचिव मान बहादुर राना मगर, सदस्य कुलदिप राना मगर, नेपाली कलाकार संघ अमेरिका का अध्यक्ष सुमन बुढा मगरको उपस्तिथिमा भएको थियो । बैठकमा मगर संघ अमेरिका च्याप्टरले आउदै गरेको मगर समुदायको महान चाड माघे सक्रान्ती भब्य रुपमा सफल बनाउन संयोजन गरिने निर्णय भयेको थियो । बैठकमा न्युयोर्कमा रहेको मगर समुदायलाई मगर भाषा सस्कृती संरक्षण गर्न एककृत गर्ने नवनियुक्त अध्यक्ष सुमन पुन मगरले बताए । बैठकको संचालक केन्द्रिय सह सचीव नरेन्द्र थापा मगरले गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %