रूद्र श्रीसमगर
पोखरा, मंसिर २५ – अद्वैत संस्था द्वार शाखा, अद्वैतमार्ग, निर्मलपोखरी, कास्कीमा आयोजित १३ औं राष्ट्रव्यापी बृहत सत्संग समारोह ज्ञानमहायज्ञको प्रधान कुलपति सहचारी देशिकेन्द्र पुण्यर्ति महात्यागी श्री अनन्तराज सरस्वतीले दीप बालेर उद्घाटन गर्नुभएको छ ।
ब्रह्मज्ञानी श्री गुरुदेव डा. क्षितिशचन्द्र चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद् ज्ञानकथा वाचन गर्दै उहाँले भन्नुभयो, ‘आत्मा हो ज्ञान–प्रकाश स्वरुप र आत्मा हो । मुमुक्षुको आफ्नो स्वरुप, त्यसकारण मुमुक्षुदेखि अव्यवहित वस्तु । आफ्नो स्वरुप भएको हुनाले र आफूबाट अव्यवहित भएको हुनाले यो दुवै हेतुवशोत आरलाई जान्नको लागि अरू ज्ञानको अपेक्षा हुन सक्दैन । अर्थात् आर अविषय भइकन पनि विज्ञोत हुन्छ । त्यसकारण जनश्रुतिमा भनेको छ, रुपले आत्मालाई जान्दैन, त्यसले आत्मालाई जान्दछ । आत्मा हो सर्वश्रेष्ठ, म रुपले प्रकाशित ।’
शा.प्र. नन्दकली आचार्यको अध्यक्षतामा प्रचण्ड ब्रह्मज्ञानी श्री गुरुदेवद्वारा रचित नेपाली उपनिषद् गीतामृत, वाशिष्ठामृत आदिको क्या. धनप्रसाद गुरुङ, दिलबहादुर अधिकारी, पं. रूद्रनाथ पौडेल, शा.प्र. मोहन खड्का, पं. चतुर्भुज पौडेल, ठाकुर पहारी, शा.प्र. भूतिश्वर लम्साल, शा.प्र. उमानाथ आचार्य, शा.प्र. दशरथ बस्ताकोटी, रणदुर थापा, चित्रबहादुर पौडेल, जितेन्द्र सुवेदी, नरहरि आचार्य, गोविन्द गिरी, विनोद लामा आदिले पाठ पारायण गर्नुभएको थियो ।
यसैगरी, शनिबार नै अद्वैत संस्था घाचोक शाखा कास्कीमा आयोजित १२ औं राष्ट्रव्यापी बृहत सत्संग समारोह ज्ञानमहायज्ञको अद्वैत महाविद्यालयका देशिक खिलप्रसाद लामिछानेले दीप बालेर उद्घाटन गर्नुभयो । यसैगरी, यही मंसिर २७ गते अद्वैत संस्था गञ्जसिंह सत्संग मन्दिर अद्वैतमार्ग, शितलादेवी स्थान, माटेपानी, पोखरा–१३ मा आयोजित १४ औं राष्ट्रव्यापी बृहत सत्संग समारोह ज्ञानमहायज्ञ हुने भएकाले सम्पूर्ण भक्तजनलाई सपरिवार उपस्थितिका लागि आÞवान समेत गरिएको छ ।
