राज्यसत्ता
पोखरा २५
समाज सेवा युवा क्लबको विशेष अगुवाईमा वडा नं ७ मासबार, शान्तिनगर नुवारथोक क्षेत्रमा रहेको सम्पुर्ण सघंसंस्थाको आयोजना तथा वडा प्रहरी कार्यालय वैदामको सहकार्यमा प्रभातफेरी कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी वडा प्रहरी कार्यालय वैदामका कार्यालय प्रमुख प्रहरी निरिक्षक मोहनमणि अधिकारीले सहभागी नागरिकहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिएका थिए ।
साथै उहाँले विकृति विसंगति न्यूनीकरण गर्न स्थानीय नागरिक र संघसस्था सँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विकृति विसंगति विरुद्ध समितिका सल्लाहकार नविनराज बराल, नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेल लगायतले आफ्नो भनाई राखेका थिए । विकृति विसंगति विरुद्ध समितिका संयोजक अकिंत बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुगम गहन मार्ग टोल विकास संस्थाका अध्यक्ष शारदा गिरी, कार्यक्रम बारे जानकारी समितिका सल्लाहकार पुरुषोत्तम रेग्मीले दिएका थिए ।
कार्यक्रमको संचालन समाज सेवा युवा क्लबका सचिव अन्जु बरालले गरेका थिए । कार्यक्रम सुरु हुनुभन्दा पहिला मासबार पोखरीपाटनबाट सुरुभएको प्रभातफेरी सुगम गहन मार्ग, शान्तिनगर चोक, बुलौदी हुदै मासबारको चौरमा आएर कार्यक्रममा परिवर्तन भएको थियो ।
