चर्चित लोकदोहोरी गायिका जुना श्रीसमगरको पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक

रूद्र श्रीसमगर

पोखरा, २३ मंसिर

लगनको महिनाका रूपमा चिरपरिचित मंसिर महिनामा एक पछि अर्को गर्दै कलाकारहरूले आफ्ना पञ्चेबाजाको गीत सार्वजनिक गरिरहेका छन् । ठीक यही मेसोमा नेपाली लोकसंगीतमा चर्चा र लोकप्रियताको शिखरमा पुग्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरको नयाँ कोसेली पञ्चेबाजाको गीत ‘दुई खोली दोभान’ सार्वजनिक भएको छ । जुनाले अर्का चर्चित लोकदोहोरी गायक एवं मोडल मनसुधन थापामगर सँग मिलेर यो पञ्चेबाजाको गीत बजारमा ल्याएकी हुन् ।

दर्जनौं गीतहरूमा आफ्नो सुमधुर स्वर दिएर दर्शक, स्रोताको मन जित्न सफल लोकदोहोरी गायिका जुना श्रीसमगरले सो गीतमा शब्द सिर्जना गरेकी छन् । पृथक लय र शब्द सिर्जना रहेको सो गीतमा मनसुधन थापामगरले लय सिर्जना गरेका छन् भने बिलन थापामगरले एरेञ्ज गरेका हुन् ।

आफूलाई विगतका गीतहरूमा झैं यो गीतमा पनि सबैको साथ र सहयोग पाउनेमा आफू आशावादी रहेको गायिका जुनाले बताइन् । मनसुधन थापामगर र जुना श्रीसमगरको आवाज रहेको सो गीतको म्यूजिक भिडियोको निर्देशन मनोज गुरुङले गरेका छन् । म्यूजिक भिडियोको छायाड्ढनमा निरमाया रोधी घर युकेमा गरिएको हो ।

https://www.youtube.com/watch?v=S16AkuPs84g