रूद्र बहादुर श्रीस
पोखरा, २२ मंसिर ।‘प्ये म्हस्य छ्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, ल्हु म्हस्य म्हि म्हमु’ भन्ने कथनलाई आत्मसात गर्दै स्थापना कालदेखि निरन्तर तमु जातिको सस्कार सस्कृतिमा लागि परेको सस्था तमु प्ये ल्हु संघ कास्कीको सातौं जिल्ला अधिवेशन मंसिर २८ गते फलिना क्होइबो शक्तिघाट पोखरामा हुने भएको छ ।
संघका अध्यक्ष भीम बहादुर च्हम्रु तमुका अनुसार २७ वटा क्षेत्रीय समाजहरूबाट हरेक समाजबाट सात जना प्रतिनिधि र तीन जना पर्यवेक्षकले अधिबेशनमा सहभागिता जनाउने बताएका छन ।
अधिवेशनले हालै जिल्ला प्रशासन कार्यलय कास्किमा दर्ता भएको बिधान अनुसार ४ जना महिला सहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
सोही कार्यक्रममा पौवेगौडे–५, अहाले चित्यान स्याङ्जा पुरानो घर भै हाल पोखरा १७ छोरेपाटन निवासि क्या बुद्धिमान पर्जु तमुले आफ्नी स्व धर्मपत्नी लिलावती तमुको स्मृतिमा स्थापित “लिलावती स्मृति अक्षय कोष” समेत बितरण गर्ने अध्यक्ष च्हम्रु तमुले बताए । स्मरण रहोस, यस अघि उक्त अक्षयकोषबाट स्व खुशीमान टु तमु, स्व गगनसिंह ल्हेंगे तमु, तउकि केन्द्रीय संस्थापक जगबहादुर ल्हेंगे तमुलाई सम्मान गरिसकिएको थियो ।
आसन्न जिल्ला अधिबेशन तथा २० औं साधारणसभामा अध्यक्ष १, प्रथम उपाध्यक्ष १, द्वितीय उपाध्यक्ष १, सचिव १, सह–सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ र ८ जना सदस्य गरि निर्वाचित वा सर्वसम्मत सहमतिमा १५ जनाको कार्यसमिति तय हुने निर्वाचन संयोजक निवर्तमान जिल्ला अध्यक्ष क्या इन्द्र बहादुर च्हम्रु तमुले जनाएका छन । क्या इन्द्रका अनुसार अध्यक्ष र कोषाध्यक्ष बाहेक अन्य सबै पदमा नयाँ अनुहारहरू आउने भएका छन् भने अध्यक्ष र कोषाध्यक्ष पदमा पूरानै दोहोरिन सक्ने सम्भावना बढी रहेकोे बताइएको छ ।
