घाईते दिपा थापालाई राहत वितरण

Read Time:1 Minute, 59 Second

गोबिन्द घर्ती

मंसीर २२ । नेपाल मगर संघ देवदह नगर समितिले घाईते दिपा थापालाई राहत वितरण कार्य सम्पन्न गरेको छ । गत कार्तिक १४ गते राती अज्ञात समुहको आक्रमणबाट घाईते भएका देवदह–३, सेमराहाना निवासी दिपा थापा मगरलाई एक कार्यक्रमका वीच संघले राहत हस्तान्तरण गरेको हो ।
घाईते दिपा थापामगरको उपचारार्थ नेपाल मगर संघ देवदह नगर समिति अन्तर्गत रहेका वडा समितिहरुको पहलमा संकलन गरिएको १ लाख १ हजार ३ सय ४७ रुपैया घाईते थापाको आफनै निवासी गई संघले हस्तान्तरण गरेको हो । दिपा थापा अज्ञात समुहको आक्रमणबाट घाईते भएका थिए । सो अवसरमा बोल्दै संघका सल्लाहकार दल बहादुर पाईजाले एक मगरले अर्को मगरलाई सहयोग गर्ने हेतुले नेपाल मगर संघको पहलमा रकम संकलन गरी घाईते थापालाई हस्तान्तरण गरिएको बताए ।
नेपाल मगर संघ देवदह नगर समितिको बैठक बसी घाईते थापाको उपचारार्थको लागि वडा समितिहरुको समन्वयमा रकम संकलन गरिएको संघका कोषाध्यक्ष खरसिं श्रीसले बताए । वडा नं ३ का अध्यक्ष बेद बहादुर थापाको अध्यक्षतामा भएको राहत रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष शोभा थापा, सचिव जसु पुन, कोषाध्यक्ष खरसिं श्रीस, सल्लाहकारद्धय दल बहादुर पाईजा, टक बहादुर घर्ती, पत्रकार गोविन्द घर्ती, स्थानीय टोप बहादुर थापा, चक्रवन्धु थापा तथा परिवारहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %