मिलन फाउण्डेशनले पर्वतको देउपुरमा निःशुल्क आँखा शिविर गर्ने !

Read Time:1 Minute, 36 Second

रूद्र श्रीसमगर

पर्वत, मंसिर २१ – शिक्षा र स्वास्थ्य क्षेत्रका सामाजिक कार्यमा सक्रिय रहँदै आएको पर्वतको अग्रणी सामाजिक संस्था मिलन फाउण्डेशन नेपालले यही मंसिर २८ गते बिहीबार पर्वतको देउपुरमा निःशुल्क आँखा शिविर गर्ने भएको छ ।

देउपुरको मैदानमा हुने निःशुल्क आँखा शिविरका लागि हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको प्राविधिक सहयोग र अम्मर हाईसुबा शैक्षिक प्रतिष्ठानले व्यवस्थापन रहने फाउण्डेशनका सचिव मदन गुरुङले जानकारी दिनुभयो । शिविरको समय बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म रहने समेत गुरुङले जानकारी दिनुभयो ।

फाउण्डेशनले यसअघि पनि पर्वतका विभिन्न दुर्गम ठाउँमा निःशुल्क आँखा शिविर तथा स्वास्थ्य शिविरका साथै, शैक्षिक क्षेत्रमा विभिन्न सहयोग गरिसकेको छ । फाउण्डेशनका संरक्षक हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले फाउण्डेशनमार्फत् शिक्षा, स्वास्थ्य एवं धार्मिक क्षेत्रमा पर्वत जिल्लासहित पाल्पा, चितवनलगायतका ठाउँमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %