मगर संघले पोखरामा मगरात प्रदेश भेला गर्ने !

Read Time:2 Minute, 18 Second

रूद्र श्रीसमगर

पोखरा, मंसिर २१ – नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा सोमबार राजनैतिक तथा सामाजिक नेता र अगुवा एवं अभियन्ताहरूको सहभागितामा ‘मगरात स्वायत्त प्रदेश प्राप्ति’ विषयक रणनैतिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।


सरकारले प्रदेशको सिमाना परिवर्तनको सवालमा प्रस्ताव गरेको मगरात क्लस्टरको सवालमा सकारात्मक भएको निष्कर्ष निकाल्दै स्वायत्त मगरात प्रदेश स्थापना, जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यको बहुभाषिक नीतिलगायतका मुद्दाहरू सम्बोधन गराउन थप आन्दोलन को कार्यक्रम घोषणा गर्न यही मंसिर २५ गते पोखरामा ‘मगरात प्रदेश भेला’ आयोजना गर्ने भएको छ ।

छलफल कार्यक्रम पूर्व अर्थमन्त्री वर्षमान पुनमगर ‘अनन्त’को प्रमुख आतिथ्यता, मगर अगुवा, सल्लाहकारहरू, सल्लाहकार झकेन्द्र घर्तीमगरको छलफलपत्र प्रस्तुतीकरणमा भएको कार्यक्रमको संघको केन्द्रीय अध्यक्ष नबीन रोकामगरको अध्यक्षता, पूर्व सभासद् सुर्दशन बरालमगरको कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य र संघको केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मगर अगुवाहरू क्रमशः महेन्द्र थापामगर, क्या. यामबहादुर बुढाथोकीमगर, सुरेश आलेमगर, क्या. देउबहादुर रानामगर, रामबहादुर थापामगर, उजिर मगर, माननीय तुलसा रानामगर, अधिवक्ता श्रीप्रसाद बुढाथोकीमगर, सञ्जोग लाफामगर, माधव दर्लामीमगर, राम जर्घामगर, रघु थापामगर, दीपक थापामगर, निरज पुनमगर, दीपेन्द्र पुनमगरलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %