बैज्ञानिक वन व्यवस्थापनले मात्र वनको संरक्षण हुने !

Read Time:2 Minute, 34 Second

गोविन्द घर्ती

रुपन्देही, मंसीर २१ – बैज्ञानिक वन व्यवस्थापनले मात्र वनको संरक्षण र सम्वद्र्धन गर्न सकिने रुपन्देहीको तिलोत्तमामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्

उनीहरुले वनलाई डढेलोबाट बचाउन उपभोक्ताहरु नै सचेत र सजग भएर लाग्नु पर्नेमा जोड दिएका थिए । मिलन सामुदायिक वन उपभोक्ता समुह देवदह–तिलोत्तमाको आठौ बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रमका वक्ताहरुले वनको संरक्षण, सम्वद्र्धन संगै सामुदायिक वनहरुले विकास निर्माणलाई पनि प्राथमिकता राख्नु पर्ने बताएका थिए । उनीहरुले वनको ऐन नियम अनुसार कार्ययोजना निर्माण गरी सामुदायिक वनहरु अगाडि बढे वन अतिक्रमण र चोरी निकासीलाई समेत रोक्न सकिनेमा जोड दिएका थिए ।

मिलन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तेजबहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा शितलनगर सेक्टर वन कार्यालयका सहायक वन अधिकृत सतेन्द्र नारायण सिंह, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, बुद्ध सामुदायिक वन समुहका अध्यक्ष टेकबहादुर राना, समुहक पुर्व उपाध्यक्ष शेरबहादुर तामाङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा समुहका अध्यक्ष कुवरले बार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक चोलाकान्त पराजुलीले करिव साढे ९ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्ततु गर्नु भएको थियो । बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कुवरले समुहको आर्थिक विकास गरी वनको संरक्षण र सम्वद्र्धनमा खर्च गरिने बताउनु भयो ।

समुहका उपाध्यक्ष केशवीर दर्लामीको स्वागत र नरेन्द्र पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %