२५ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

Read Time:3 Minute, 8 Second

गोबिन्द घर्ती मगर

मंसीर २० । अवसर प्रदान गरे अपाङ्गले पनि सपाङ्ग सरह काम गर्न सक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले अपाङ्गहरु संग भएको सिप, कला प्रस्तुत गर्न अवसरको खाचो रहेकोले सरकारले अपाङ्गहरुलाई अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । २५ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस–२०७३ अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
अपाङ्ग समाज सेवा केन्द्र देवदहको आयोजनामा, देवदह नगरपालिका, नेपाल अविनास सामाजिक सेवा संस्था, नया जीवनको लागि हातेमालोको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले अपाङ्गहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्नुपर्ने बताउदै अपाङ्गता न्यूनिकरण गर्न सचेतनाका कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताएका थिए ।
उनीहरुले अपाङ्गहरुलाई राज्यले प्रदान गर्दै आईरहेको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । अपाङ्ग सेवा समाज देवदहका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्क बहादुर विक, देवदह नगरपालिकाका वडा सचिव चित्र बहादुर सुनारी, नेकपा माओवादी केन्द्र देवदहका ईन्चार्ज मोतीलाल ढकाल, नेकपा एमाले देवदहका उपाध्यक्ष खैराज शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ऋषिराम रेग्मी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी केसी, देवदह प्रहरी चौकीका प्रमुख हरी बहादुर श्रेष्ठ, देवदह स्वास्थ्य चौकीका ईन्चार्ज जयकिशन अधिकारी लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा अपाङ्गतालाई हेरचाह गर्ने अभिभावकहरुलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा देवदह–७, सरनवारी निवासी पवि थापा मगरले प्रदान गरेको व्वहिल चियर अपाङ्ग अशोक चौधरीलाई हस्तान्तरण गरिएको थियो । त्यसैगरी मुसहर बच्चाहरुलाई जाडोमा लगाउने लत्ताकपडा वितरण गरिएको थियो । केन्द्रका सचिव वलराम चापागाईको स्वागत र कृष्णप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %