गणेश बहादुर थापा
काठमाडौं । नेपाल मगर संघ सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको पाँचौ अधिवेशन १८ गते शनिवार काठमाडौंमा सम्पन्न भएको छ ।
मानविकी क्याम्पस(आर.आर)मा भएको अधिवेशनले १६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसअनुसार अध्यक्ष– दीपक थापा मगर, उपाध्यक्ष–राज कुमार थापा मगर, सचिव– राम थापा‘सिसिर’, सहसचिव– भिष्म थापा मगर, कोषाध्यक्ष– संगीता थापा मगर, सदस्यहरुमा कोपिला थापा मगर, कमला मगर, कल्पना थापा मगर, रेशम कुमारी रखाल मगर, राम थापा मगर, नन्द कुमारी मगर, पदम बहादुर थापा मगर, निशा थापा मगर, सृजना थापा मगर, सुरेन्द्र रखाल मगर रहेका छन् । त्यस्तै तीन सदस्य सल्लाहकार समिति चयन पनि गरेको छ । जसमा राजेन्द्र थापा मगर, झलक थापा मगर र बमबहादुर थापा मगर रहेका छन ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले राज्यको संघीय पुनर्सरचनामा मगर जातिको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न नेपालको संविधान संशोधन गरिनु अनिर्वाय भएको बताएका छन । महासचिव पुन मगरले भने–सरकारले ल्याएको प्रदेशहरुको सिमांङकनको हेरफेर सवालमा आशिंक रुपमा सकारात्मक रहेको छ । मगर समुदायको माग पूर्ण नभएपनि मगरात–तमुवान प्रदेश बनाउन सकिन्छ–पुन मगरले भने । महासचिव पुन मगरले संघर्षका नयाँ कार्यक्रम समेत सार्वजनिक गरेका थिए ।
