गोविन्द घर्ती
देवदह,मंसीर १८ – संविधान संशोधको नाममा सरकारले राष्ट्रघाती कदम चलाएको देवदहमा बसेको सर्वदलिय बैठकले ठहर गरेको छ ।
पहाड र मधेशलाई टुक्राउने गरी भएको संविधान संशोधन प्रस्ताव स्र्वीकार्य नभएको भन्दै त्यसको विरुद्ध शसत्त प्रतिकार गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ । भारतले नेपाललाई सिकिमीकरणको बाटो तर्फ लैजान खोजेको र त्यसको मतियारको रुपमा प्रचण्ड र देउवा देखिएको भन्दै राजनैतिक दलहरुले त्यस प्रविधिको विरुद्ध डटेर सामनना गर्ने निर्णय गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
सर्वदलिय बैठक पछि जारी गरिएको प्रेस वक्तव्यमा संविधान संशोधनको कुनै औचित्य नभएको भन्दै जारी आन्दोलनलाई अझ सवैलाई साथ र सहयोग गर्न आग्रह गरिएको छ । नेकपा एमालेका क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेल,माओवादी क्रान्तिकारीका ऋषिराम लामिछाने,राष्ट्रिय जनमोर्चाका हरी केसी,नेकपा माक्र्सवादीका रामप्रसाद भट्टराई,राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव रिमालद्धारा संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा जनभावनालाई सम्मान गर्दै संविधान संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरिएको छ । जारी आन्दोलनलाई शसक्त बनाउन नेकपा एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेलको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
जसको सदस्यहरुमा नेकपा माओवादीका ऋषिराम लामिछाने,राष्ट्रिय जनमोर्चाका हरी केसी,माओवादी क्रान्तिकारीका ऋषिराम लामिछाने,नेकपा माक्र्सवादीका रामप्रसाद भट्टराई,राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव रिमाल सदस्य रहेको समेत प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
