मगर बिधार्थी संघको १० औ अधिबेशनका लागी तयारी तिब्र !

Read Time:1 Minute, 22 Second

देब पचभैया

पाल्पा, मंशिर १९ – नेपाल मगर बिधार्थी संघ पाल्पाको १० औ जिल्ला अधिबेशनको तयारी तिव्र पारिएको बिधार्थीहरुले बताएका छन् । 

आउने २५ गते शनिवार तानसेनमा हुने अधिवेशनको प्रचार प्रसार तिव्र पारिएको संघका उपाध्यक्ष रुपा थापाले जानकारी दिनुभयो । अधिबेशनमा जिल्लाका १० बिधालय बाट ३ जना प्रतिनिधि र २ जना पर्यवेक्षक गरी ५० जनाको सहभागीता  रहने बताईएको छ । संघको बिधान अनुसार अधिबेशनले आगामी १ बर्षका लागी १९ सदस्सिय नया कार्यसमिति चयन गर्ने छ  । मगर बिधार्थी संघ पाल्पाका अध्यक्ष राधाकृष्ण दंगालका अनुसार अधिबेशनका लागी केन्द्रिय अध्यक्ष दिपा आले लगाएत केन्द्रिय पदाधिकारीको समुह पाल्पा आउने निश्चित भएको छ ।

बिधार्थी हक हितका लागी संगठित मगर विधार्थी संघ पाल्पाले बिभिन्न जनचेतना र सामाजिक सेवाका कार्यहरु पनि संचालन गर्दे आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %