मगर बस्ती फालेर उधोग चलाउन खोजेको भन्दै स्थानिय आन्दोलित(भिडियो सहित) !

Read Time:3 Minute, 18 Second

देब पचभैया

पाल्पा, मंशिर १८ – माग पुरा नगरी, गाउलेको सहमति बिना ३४ घर रहेको मगर गाउ फालेर सिमेन्ट कम्पनीले उधोग चलाउन खोजेको भन्दै ज्यामिरे ८ भुटुके पाल्पाका स्थानिय वासी आन्दोलित भएका छन् । होङ्गसी शिवम सिमेन्ट प्रालिले गाउलेको माग पुरा नगरी दुई जना स्थानियका जग्गा किनेर काम गर्न थालेको भन्दै उनीहरुले बिरोध गरेका हुन् ।

 भिडीयो हेर्न यस लिङ्क थिच्नुहोस् !

{youtube}https://youtu.be/HwjJgey_a-A{/youtube}

गाउलेका माग नसुनेको,बातावरणीय प्रभाव मुल्याङ्कन नगरेको लगाएतका काम नहुदै सिमेन्ट कम्पनीका मान्छेले जग्गा दिन दवाव दिएको, जिल्ला प्रसासन कार्यालयमा चिठी लेखेर जग्गा अधिकरण गर्न भनेको भन्दै भुटुकेका मगरहरु सदरमुकाम तानसेनमा आएर सहयोग गर्न पत्रकार गुहारेका छन् । कम्पनीको मान्छे पटक पटक गाउ पुगेर लोभ देखाउने,जग्गा दिनु नत्र दोजर लगाईदिन्छौ भनेर धम्की दिने जस्ता काम गरेकाले आफुहरु न्याय माग्न तानसेन आएको गाउलेहरुले बताएका छन् । बर्षो सम्म बसेको घर जग्गा छोड्न आफुहरुलाई निकै कठिन भएपनि माग पुरा भए आफुहरु बस्ती छोड्न तयार रहेको स्थानिय देब बहादुर सारुले बताउनुभयो । सारुका अनुसार गाउनै उठाएर कम्पनी संचालन गर्नुपर्ने भएकाले घर जग्गा, बिधालय, बाटो, खानेपानी लगाएत अत्यावश्यक स्रोत र साधनको माग भएपनि कम्पनीले पहिले माग पुरा गर्छु भनेको तर पछि आएर घर,जग्गा र खेतवारी सिन्कीको भाउमा मागेर धम्की दिन थालेको छ ।

गाउमा टाठो बाठो कोही नभएकाले कम्पनीका मान्छे आएर गाउलेलाई फकाउने,धम्क्याउने काम भैरहेको हुम बहादुर थापाले जानकारी दिनुभयो । १० बर्ष सम्म गाविस सचिब भएर ज्यामिरेमा काम गर्दा भुटुकेका मगरहरु निकै असल र सहयोगी रहेको भन्दै उनीहरुलाई कम्पनीले फसाउन सक्ने भन्दै आफु पनि गाउलेको माग र साथमा रहेको गाविस सचिब टंक नाथ आचार्यको भनाई छ । स्थानियका माग पुरा गर्दा पनि गाउलेले काम गर्न नदिएको भन्दै सिमेन्ट कम्पनीले प्रशासनलाई  झुटो चिठी लेखेर बस्ती खाली गर्न लगाएको सचिब आचार्यले जानकारी दिनुभयो । मगरको मात्रै बसोवास रहेको भुटुकेमा ३ सय बर्ष पुग्ने चुन ढुङ्गा रहेको जानकारहरुले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %