रूद्र श्रीसमगर
पोखरा,मंसिर १९ –बागलुङ–पोखरा मगर समाजको दोस्रो पूर्ण बैठकले १५ सदस्यीय सल्लाहकार समिति र तीन वटा विभाग गठन गरेको छ । शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सल्लाहकार समितिको संयोजकमा समाजका निवर्तमान अध्यक्ष मेखबहादुर छन्त्यालमगर, त्यसैगरी, अन्य सल्लाहकारहरूमा दलबहादुर थापामगर, क्या. मीनबहादुर पुनमगर, भीमबहादुर श्रीसमगर, क्या. सकबहादुर पुनमगर, ढकबहादुर पुनमगर, माया थापामगर, किरणप्रसाद थापामगर, नरबहादुर पुनमगर, उर्मिला श्रीसमगर, सुनिता रानामगर, राकेश थापामगर, डिलमाया श्रीसमगर, हिरा पुनमगर र तारा थापामगर रहनुभएको छ ।
त्यस्तै,गठित महिला विभाग प्रमुखमा रनमाया थापामगर रहनुभएको छ । विभागका सदस्यहरूमा विष्णु थापामगर, कोपिला थापामगर, नरमाया पुनमगर र सीता रानामगर रहनुभएको छ । सांस्कृतिक विभाग प्रमुखमा लोक तथा दोहोरी गायक सञ्जय पुनमगर रहनुभएको छ भने सदस्यहरूमा म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर,लोक तथा दोहोरी गायिका सृष्टि पुनमगर,सविना श्रीसमगर, नृत्या·नाद्वय बिहानी श्रीसमगर र जमुना बुढामगर रहनुभएको छ । त्यसैगरी,युवा तथा विद्यार्थी विभाग प्रमुखमा लक्ष्मण थापामगर, सदस्यहरूमा विजय पुनमगर, विश्वास रानामगर, सुदेश रानामगर, सूर्य पुनमगर, रमेश पुनमगर, रक्षा श्रीसमगर, सिर्जना पुनमगर, जमुना बुढामगर, सिर्जना श्रीसमगर, नवीना पुनमगर र रोशन रानामगर रहनुभएको छ ।
साथै,शुक्रबार सम्पन्न समाजको बैठकले आगामी पुस १५ गते बृहत वनभोज कार्यक्रम कास्कीको पर्यटकीय गाउँ धम्पुसमा गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको बैठकको सञ्चालन सचिव गजेन्द्र थापामगरले गर्नुभएको थियो ।
