किसान बहुदेश्यीय सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा सम्पन्न !

Read Time:1 Minute, 30 Second

गोविन्द घर्ती

देवदह,मंसीर १८ -किसान बहुदेश्यीय सहकारी संस्था देवदह–२,पेटवनियाको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सो अवसरमा बोल्ने वक्ताहरुले सहकारीको मेरुदण्ड भनेको शेयर सदस्यहरु भएकोले शेयर सदस्यहरुको आर्थिक अवस्था सुधार गर्न सहकारीहरु लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले सहकारी मार्फत समाज परिवर्तन गर्न सकिने भएकोले सहकारीका शेयर सदस्यहरु उत्पादन क्षेत्रमा लाग्नु पर्ने बताएका थिए । कार्यक्रमका वक्ताहरुले युवाहरुलाई वैदेशिक पलायनबाट रोक्न सहकारीहरुले उत्पादन क्षेत्रलाई बढि प्राथमिकता दिनु पर्ने बताएका थिए ।

सहकारी संस्थाका अध्यक्ष अमरबहादुर थापाकार्यक्रममा संस्थाका लेखा संयोजक सरीमाया गुरुङ्गले करिव १ करोड ४९ लाख बरावरको आर्थिक र अध्यक्ष थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष पार्वती सापकोटाको स्वागत र सचिव दलबहादुर विरकट्टाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %