इजरायलमा ह्योल्मो सोनाम ल्होसर भव्य रुपमा मनाउने तयारी !

Read Time:1 Minute, 50 Second

 माया घले मगर
 
इजरायल, डिसेम्बर ३ – बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत ह्योल्मो समुदायको साझा संस्था ह्योल्मो समाज इजरायलले ह्योल्मोहरुको साँस्कृतिक पर्व २१४४ औ च्या ल्हो (चरा बर्ष) ह्योल्मो सोनाम ल्होसर आउँदो २७ जनवरी २०१७ (शुक्रबार) बेलुका तेलअविव शहर स्थित किबुज ग्लयोत स्ट्रिट -४६ मा रहेको स्टोपा (STOPA)पार्टी हलमा भव्यताको साथ मनाउने भएको छ |

स्थापना कालदेखि नै सक्रिय रुपमा ह्योल्मो जातिको भाषा,भेषभुषा ,धर्म,कला संस्कृति र संस्कारलाई जगेर्ना गर्दै इजरायलमा अवस्थित नेपाली समुदायको  संघसंस्थाहरु संग  हातेमालोका गर्नुका साथै विभिन्न सामाजिक कार्यहरुमा सहयोगी भूमिका निर्वाह गर्दै र सहकारी गर्दै अघि बढी रहेको ह्योल्मो समाज इजरायलले बिगतको बर्षहरु झैँ ह्योल्मो सोनाम ल्होसर मनाउन लागेको  जानकारी दिएको छ |

धार्मिक पूजापाठको साथ नेपालबाट कलाकार ल्याई विविध साँस्कृतिक मनोरन्जनात्मक प्रस्तुति रहने कार्यक्रममा इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितको लागि ह्योल्मो समाज इजरायल द्वारा हार्दिक अनुरोधका साथ निमन्त्रणा गरेको छ | साभार: तामांगअनलाइन बाट

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %