कमल चौधरी
बुटवल, मंसिर १७ – सरकारले मंगलबार राति संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधानलाई संसोधन गर्न बनेको विधेयकमा ५ नंम्बर प्रदेश पहाडी जिल्लालाई प्रदेश नम्बर ४ मा गाभ्ने प्रस्ताव गरे संगै लुम्बिनी अंचलक विभिन्न जिल्लाहरुमा अन्दोलन र विरोध प्रदर्शन भएका छन् ।

विशेषगरी मधेसी मोर्चाको माग सम्बोधन गर्ने भन्दै गरिएको प्रदेशको सीमा हेरफेर, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषा लगायत संवैधानिक व्यवस्थामा संशोधन गर्ने प्रस्ताव अगाडी ल्याएसंगै चौथर्फी विरोध हुन लागेको हो । सविक ५ नम्बर प्रदेश पाल्पा, गुल्मी, अर्घाखाँची टुक्र्याउन नहुने भन्दै बुधावर देखि रुपन्देहीमा प्रमुख विपक्षी दलका एमाले लगायत विभिन्न संघ संस्थाहरुको सक्रियतामा अनिश्चितकालिन आमहरतल हुन थालेको छ ।
(भौतिक संरचना ध्वस्त हुँदा समेत प्रहरी मुखदर्शक)
मधेस र थारुहट अन्दोलनमा गोली हान्ने प्रहरी प्रशासन बुटवको अकार्षक केन्द्रविन्दु पुष्पलाल पार्कको भौतिक संरचना पूर्ण रुपमा ध्वस्त हुँदासमेत विहिबार लाचार बनेर बसिरह्यो । बुधाबार देखि संशोधन विधेयक दर्ताको विरोध गर्दै शुरुभएको अन्दोलन दिन प्रति दिन उग्ररुपलिदै गएको छ । दैनिक रुपमा तोरफोरका घटनाहरु हुनको साथै नारा जुलुस अब त बुटवलको लागी सामान्य भैसक्यो ।
विहिबार पुष्पलाल पार्कको उत्तर दक्षिण पूर्व पश्चिम चारैतिरबाट एक्कासी आन्दोलनकर्ताहरु आएर पुस्पलाल पार्कको सुन्दर भौतिक संरचानलाई तोरफोर गरेका हुन् । उनीहरुले सिमेन्ट र फलामका पिल्लरहरु उखल्नुको साथै हस्पिटल लाईनमा रहेको ट्रफिक बस्ने अड्डा समेत तोरफोर गरे । त्यस्तै आन्दोलनकारीले पुस्पलाल पार्कको स्तम्भमा राखिएको हसिया हतौडा अंकित झण्डा नफाले सम्म नछाड्ने भन्दै उग्रहुन थालेपछी प्रहरीले सामान्य रुपमा लाठीँचार्ज गरेको थियो । पछि पर्दशनकारीहरुले अतेर गर्दै प्रहरीलाई नै ढुंगामुडा गर्न थालेपछी अन्दोलन झन उग्ररुप लिएको हो । प्रहरी र प्रदर्शनकारी बीच केहीबेर जुहारी चलेको थियो ।
अन्दोलनकारीहरुले बसपार्क, ट्राफिक चोक, पुष्पलाल पार्क, नेपालगन्ज रोड, मिलनचोक, चौराहा लगायतका क्षेत्रमा नारा जुलुससहित पुरै बुटवल नगर परिक्रण गरेका थिए । यत भने नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी द्वारा जारी विज्ञाप्तिमा सडकमा सर्बदलीय संयन्त्र मार्फत विरोध सुरु गरेको उल्लेख गरिएको छ । साथै बुटवलमा भइरहेको विरोध प्रदर्शन तथा आन्दोलनमा कतिपय स्थानमा घुसपैठ भएको र पुष्पलालपार्कमा स्थापना भएको सहीद स्मारकमा भएको तोडफोडप्रति युवा संघका कार्यकर्ताहरु संलग्न नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
(शुक्रबार बुटवलमा विरोध र्याली)
हिमाल, पहाड, तराई कोही छैन पराई, क्षेत्र नम्बर ५ प्रदेशलाई टुक्राउन हुदैन भन्दै बुटवलमा शुक्रबार बृहत विरोध ¥याली निकालिएको छ । ३ बजे निकालिएको र्याली बुटवलको चौराहाबाट सुरु भएर मिलनचोक, बसपर्क हुदै ट्रफिकचोकमा पुगेर कोणसभामा परिणत भएको हो । सभामा नेपाली कांग्रेसका नेता एवंम रक्षामन्त्री बालकृष्ण खाणँ, एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, त्यस्तै कांग्रेसका नेता चन्दबहादुर भण्डारी, एमालेका प्रदिप ज्ञवाली, एमालेका नेता बैजनाथ चौधरी, जनमोर्चाका दुर्गा पौडेल लगायतका नेताहरुले सम्बोधन गरेका हुन् । उनीहरुले ५ नम्बर प्रदेश विखण्डनको षडयन्त्रका विरुद्ध सबै आम नगरिक एक जुटभएर पार्टी भन्दा माथि उथेर लाग्नुपर्ने बताएका थिए ।
