बिनु घटनाका दोशीलाई कारवाहीको माग गर्दे खवरदारी सभा सम्पन्न !

Read Time:2 Minute, 0 Second

देव पचभैया

पाल्पा, मंशिर १६ – हेक्लाङ ६ पाल्पाकी २४ बर्षिया विनु थापाको रहस्यमय मृत्युमा संलग्नलाई कडा कारवाहीको माग गर्दे बुधवार तानसेनमा खवर दारी सभा सम्पन्न भएको छ ।

नेपाल मगर संघ पाल्पाको आयोजनामा भएको खवरदारी सभामा जिल्लाका राजनैतिक दल, मानव अधिकार कर्मी, महिला अधिकार कर्मी लगाएतको सहभागीता थियो । टुडिखेल मैदान बाट शुरु भएको प्लेकार्ड सहितको मौन र्याली पछि सित्तलपार्टीमा भएको खवरदारी सभामा बोल्ने बतmाहरुले बिनु घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेका छन् ।
 
तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग ४ बर्ष पहिले विनुको बिहे भएको थियो । श्रीमान् संगै बसेकी बिनु दशै देखि सम्पर्क विहिन भएपछि उहाका माईतीले खोजविनका लागी प्रहरीमा निवेदन दिएका थिए ।

विनु घटनामा संलग्न भन्दै माईतीले उनका श्रीमान् दिपेन्द्र, उनका बावु लक्ष्मण र आमा पार्वती बिरुद्ध किटानी जाहेरी दिएपछि उनीहरु तिनै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरीरहेको छ ।

श्रीमती बेपत्ता पारी फरार बिनुका श्रीमान् दिपेन्द्रलाई प्रहरीले काठमाण्डौबाट सोमवार पक्राउ गरेको हो । मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिब यसकुमार गरम्जाले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %