नेकपा एमाले रुपन्देहीको आव्हानमा देवदहको खैरैनीमा विरोध सभा सम्पन्न !

Read Time:3 Minute, 0 Second

गोविन्द घर्ती

देवदह, मंसीर १५ – प्रदेश नं ५ टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरुद्धमा रुपन्देहीको देवदहमा एक घण्टा चक्का जाम तथा विरोध सभा सम्पन्न भएको छ ।


नेकपा एमाले रुपन्देहीको आव्हानमा देवदहको खैरैनी चोकमा एक घण्टा चक्का जाम तथा विरोध सभा सम्पन्न भएको हो । सरकारले प्रदेश नं ५ का विभिन्न जिल्ला टुक्राउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरेपछि त्यसको विरुद्धमा विभिन्न ठाउहरुमा आन्दोलनका कार्यक्रमहरु शुरु भएको हो ।

प्रदेश नं ५ टुक्राउन पाईदै, संविधान संशोधन चाहिदै, संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव खारेज लगायतका नारा सहित देवदहको खैरेनीमा एक घण्टा चक्का जाम तथा विरोध सभा भएको हो । सो विरोध सभामा बोल्ने वक्ताहरुले संसदमा दर्ता भएको संविधान संशोधन र प्रदेश नं ५ टुक्राउने प्रस्ताव खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

विरोध सभामा बोल्ने वक्ताहरुले पहाड र तराईलाई अलग गरी संसदमा दर्ता गरेको संविधान संशोधन राष्ट्रघाती भएकोले तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले प्रदेश नं ५ टुक्राउने कुरा आम नागरिकको चाहना विपरीत भएकोले यसको विरुद्धमा आन्दानेलनमा होमिन सवैलाई आग्रह गरेका थिए । उनीहरुले आम नागरिकको आवाज नसुनी अगाडि बढेमा अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । विरोध कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेल, युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारी, अनेरास्ववियुका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेल, नेकपा एमाले देवदह नगर कमिटीका उपाध्यक्ष केशव भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

पार्टीका बैकल्पिक जिल्ला सदस्य यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । एक घण्टा चक्का जाम र विरोध सभाका कारण यातायातका साधन चल्न सकेका थिएन भने यात्रुहरु विच बाटोमा अलपत्र परेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %