कौह्रा नृत्यलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको हो : अध्यक्ष रानामगर !

Read Time:7 Minute, 22 Second

रुद्र श्रीसमगर

पोखरा, मंसिर १५ – कौह्रा, मगर जातिको प्राचीन एवं मौलिक लोकनृत्य हो । मगर जातिबाटै प्रचलनमा आएको मानिने कौह्रा नृत्य हिजोआज अन्य समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको छ । यही कौह्रा नृत्यलाई जोगाउने उद्देश्यले नेपाल मगर संघ कास्कीले यही मंसिर १८ गते शनिबार पोखरा सभागृहमा ‘अन्तर एकाइ कौह्रा प्रतियोगिता–२०७३’ आयोजना गर्दैछ । यही सेरोफेरोमा रहेर कौह्रा नृत्य प्रतियोगिताको तयारी साथै, कौह्राको मौलिकताका विषयमा पत्रकार रूद्र श्रीसमगरले गरेको संक्षिप्त कुराकानी प्रस्तुत गरिएको छ :

प्रतियोगिताको तयारी कस्तो छ ?
प्रतियोगिताको तयारी लगभग पूरा भइसकेको छ । तैपनि, पूर्णता दिनका लागि अन्तिम दिनसम्म लागिरहनुपर्ने आवश्यकता देख्दछु । हामीले यस कौह्रा प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न करिब तीन महिना अघिदेखि लगातार खटिरहेको अवस्था छ । जुन अवस्थामा हामी आइपुग्दा हामीले कास्की जिल्लामा रहेका नेपाल मगर संघ, कास्कीसँग आबद्ध प्रत्येक एकाइहरूबीच र भ्रातृसंगठनहरूबीच कार्यक्रमलाई सफल पार्न र आइपर्ने समस्याहरूलाई समाधान गर्न विभिन्न चरणमा बैठक बसी त्यसको निराकरण गर्दै, समाधानबाट प्राप्त उपलब्धीहरू हासिल गर्दै अन्तिम तयारीमा हामी सबै जुटिरहेको अवस्था जानकारी गराउन चाहन्छु ।


कौह्रा प्रतियोगिता गर्नुको खास उद्देश्य के हो ?
नेपाल मगर संघले मगर जातिको संस्कृतिलाई संरक्षण, संवद्र्धन साथै, समयानुकूल विकासका लागि जो कार्य गर्दै आइरहेको छ । सो कार्यका लागि टेवा दिन, खासगरी, संस्कृति अन्तर्गत कौह्रा नृत्य जुन नृत्यमध्येको महŒवपूर्ण मौलिक नृत्य हो । जो मगर जातिबाट नै उत्पत्ति भएको यो कौह्रा जसमा मगर समुदायको अत्यन्तै गहिरो सम्बन्ध रहेको छ, जसले मगर समुदायको पहिचान दिएको छ । त्यसैले मगर समुदायभित्र मात्र नभइ अन्य गैरमगरहरूमा पनि कौह्राको महŒव र यसको पहिचान दिन र मगर जातिमा अझै त्यसको महŒव माथि प्रकाश पार्न र यसको प्रचारप्रसारलगायत कौह्रा नृत्यलाई जीवन्त राख्न कौह्रा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।


प्रतियोगिताले कौह्रा संरक्षणमा के योगदान गर्छ ?
मुख्य कुरा कौह्रा प्रतियोगिता गर्नु नै कौह्रा नृत्यको संरक्षण र संवद्र्धन गर्नु हो । किनकि, प्रतियोगितामा भाग लिन आउँदा जो सम्बन्धमा सबै कुराको हेक्का राखी पूर्णता दिने गरी सबै खाले आवश्यक पूरा गरी प्रतियोगितामा भाग लिन आउँछन् । जसले गर्दा कौह्रासम्बन्धी धेरै कुरामा अनुभव बटुलिसकेका हुन्छन् । समूहले कतिपय अपूरा भएका, अधुरा रहेका र केही तत् सम्बन्धमा ज्ञान नभएकाहरूले पनि सो सम्बन्धमा चासो राखी सबैखाले कार्य पूरा गरी प्रतियोगितामा भाग लिन आउँछन् । भनाइको तात्पर्य जो जति सम्बन्धित निकायले प्रयास गरे त्यो नै प्रतियोगिताको उपलब्धी साथै, कौह्रा संरक्षणको मुख्य योगदान हो ।


प्रतियोगितामा कस्ता खालका टिम सहभागी हुन्छन् ?
कास्की जिल्लाभित्र रहेका र नेपाल मगर संघ कास्कीसँग आबद्ध एकाइहरूबीच कौह्रा प्रतियोगिता हुने जानकारी गराउँदछु ।

मगर समुदायमा कौह्राको महŒव के छ ?
वास्तवमा कौह्रा नृत्यको उत्पत्ति मगर जातिबाट नै भएको हो । त्यसैले यो कौह्रा नृत्य मगर जातिको मौलिक नृत्य र यसले मगर जातिको पहिचान र अस्तित्व राखेको छ । कौह्रा नृत्यको सुरुवात र अन्तले ऋतुहरूको आगमनलाई परिचित गराएको हुन्छ । मगर समुदायभित्र यस नृत्यले रीतिरिवाज, परम्परा मुख्य रूपमा संस्कृतिको मेरुदण्डको रूपमा यसले स्थान पाएको छ । त्यसैले मगर समुदायभित्र कौह्राको अति नै महŒव रहेको छ ।


कौह्राको मौलिकता हराउँदै जान थालेकोप्रति यहाँको धारणा के छ ?
मेरो विचारमा त हराउँदै गएको हैन कि उदाउँदो अवस्था रहेको देख्दछु । किनकि, पहिला पहिला केवल निश्चित समयमा मात्र यसले स्थान पाएको थियो भने अहिले आएर हरेक उत्सव, हरेक पर्वलगायत मनोरञ्जन क्षेत्रमा जुनसुकै समयमा यसले ठाउँ ओगटेको छ । हाम्रा समुदायहरू सहरीकरण र विदेशिने अवस्था रहेको जुन अवस्थामा कौह्रा नृत्यलाई पनि सँगसँगै लगिरहेको अवस्था कार्यक्रमबाट हामीले पाउन सकिन्छ । हुन सक्छ, ठेट कौह्रा नृत्यको मौलिकतामा कमी आएको महसुस छ । मौलिकतामा कमी आउन नदिन त्यसलाई नेपाल मगर संघले विविध कार्यक्रम अनुसार दिगो राख्ने प्रयास गरिरहेको र त्यसमा उन्नति पनि रहेको हामीले महसुस गरेका छौं ।


अन्त्यमा के भन्नुहुन्छ ?
नेपाल मगर संघ, कास्कीले एकाइस्तरीय कौह्रा प्रतियोगिताको कार्यक्रम गर्न लागिरहेको छ । उक्त कार्यक्रमलाई यहाँहरूबाट सहयोग र सुझावको अपेक्षा पनि राखेको छु । आगामी मंसिर १८ गते पोखराको पोखरा सभागृहमा ठिक १०ः०० बजे कार्यक्रम हुने भएकाले सबै महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछु । साथै, मलाई कार्यक्रमको बारेमा जानकारी दिने अवसर दिएकोमा मगर समुदायको लोकप्रिय पत्रिका लाङ्घाली राष्ट्रिय मासिक परिवारलाई पनि हार्दिक आभार प्रकट गर्दछु । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %