गोविन्द घर्ती
देवदह, मंसीर १५ – देवदहको घोडाहा र भलुहीको वीच जंगलमा एउटा कार पूर्णरुपमा जलेर नष्ट भएको छ ।
गाडीको तार सर्त हुदा गाडी पूर्णरुपमा जलेर नष्ट भएको हो । देवदहको खैरेनी देखि बुटवल तर्प गईरहेको वा १५ च १०३२ नम्वरको कार चलेर पूर्णरुपमा नष्ट भएको हो । बुटवल निवासी धनबहादुर सुनारको गाडीमा आगलागी भई पूर्णरुपमा नष्ट भएको हो । गुडीरहेको कारको ईन्जिनमा एक्कासी आगलागी भई कार पूर्णरुपमा जलेको गाडी धनी सुनारको भनाई रहेको छ ।
गाडीको पछाडि भागमा एक्कासी धुवा निस्को र के भयो भनी आफु गाडीबाट तल झरेर हेर्ने क्रममा गाडीमा आगलागी भई पूर्णरुपमा जलेर ध्वस्त भएको सुनारले बताउनु भयो ।
