मगर संघका जिल्ला सचिव थापालाई पितृशोक !

Read Time:1 Minute, 43 Second

रूद्र श्रीसमगर

पोखरा, मंसिर  १४ – नेपाल मगर संघ कास्कीका सचिव, मगर भाषा प्रतिष्ठान, कास्कीका उपाध्यक्ष एवं नेपाल मगर भुसाल संघका केन्द्रीय अध्यक्ष यामबहादुर बरही थापामगरलाई पितृशोक परेको छ । थापाका पिता थमानसिंह थापाको ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

लामो समयदेखि क्यान्सरबाट पीडित स्व. थापाको पोखरा–९, लखनचोकस्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । वि.सं. १९९५ मा स्याङ्जाको बिरुवा अर्चले–३, झाँगडीमा एक्लो सन्ततिका रूपमा जन्मनुभएका स्व. थापा भूतपूर्व भारतीय गोर्खा सैनिक हुनुहुन्छ । स्व. थापाका यामबहादुरसहित चार भाइ छोरा र तीन बहिनी छोरी छन् । स्व. थापा आफ्ना जेठा र माइला छोरासहित पोखरा–१०, तल्लो सिमलबोटमा बस्दै आउनुभएको थियो ।

यसैबीच, थापाको निधनप्रति नेपाल मगर संघ कास्की, नेपाल मगर भुसाल संघ केन्द्रीय समिति र मगर भाषा प्रतिष्ठान कास्की शाखाले दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । स्व. थापाको यही शनिबार सात दिनमा शुद्धि गरिने स्व. थापाका जेठा छोरा यामबहादुरले जानकारी दिनुभयो ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %