तमु प्ये ल्हु संघ कास्कीले नृत्य प्रतियोगिता गर्ने !

Read Time:3 Minute, 33 Second

रुद्र श्रीसमगर


पोखरा, मंसिर  १४ – तमु जातिको महान पर्व तमु ल्होसार (च्याह ल्हो)को अवसरमा तमु प्ये ल्हु संघ कास्कीले पुस १४ गते अन्तर समाज सामूहिक नृत्य प्रतियोगिता गर्ने भएको छ  ।

च्याह ल्हो (चरा वर्गको) आगमन र प्र ल्हो (बाँदर वर्ग) को बिदाइ हुने दिन पुस १४ गते तमु प्ये ल्हु संघ कास्कीले अन्तर समाज सामुहिक नृत्य प्रतियोगिता राख्नुका साथै विभिन्न जातीय संघ सस्थाका अगुवाहरुलाइ डाकेर केन्द्रीय क्होइबो परिसर रानीपौवा पोखराको सभाहलमा शुभकामना आदनप्रदान तथा चियापान गर्ने संस्थाका अध्यक्ष डब्लु ओ टु भीमबहादुर च्हम्रु तमुले बताउनु भएको छ ।

गतबर्षदेखि प्रतियोगितात्मक रूपमा आयोजना गरिदै आएको सामुहिक नृत्य प्रतियोगितामा भाग लिनको लागि प्रतियोगी कलाकार समुहको उमेर अनिवार्य ३० बर्ष कटेको हुनुपर्ने र गित र नृत्यले गुरुङ सस्कृती झल्काउने हुनुपर्ने सास्कृतिक संयोजक कर्णबहादुर क्रोम्छे तमुले जनाउनु भएको छ ।

प्रतियोगिताको दर्ता शुल्क रु ५०० राखिएको र प्रथम पुरस्कार रु १५ हजार ,दोस्रो पुरस्कार १२ हजार ,तेस्रो पुरस्कार ८ हजार ,सान्त्वना पुरस्कार ५ हजार र उत्कृष्ट भेषभुषा ५ हजार पुरस्कार राशि रहेको संघका कोषाध्यक्ष सु. कृष्णबहादुर प्हच्युले जनाउनु भयो ।

तमु प्ये ल्हु संघ कास्कीको मातहतमा २७ वटा समाज आवद्ध रहेकाले  यसप्रतियोगितामा दर्जनभन्दा बढी समूहको सहभागीता रहने संघका सदस्य बिष्णुमाया भुजा तमुको दाबी छ ।

ल्होसारकै अवसरमा केन्द्रीय युवा समितिको संयोजनमा पुस ९ गते बिहान रक्तदान ,सोही दिन बिहान केन्द्रीय महिला समितिको संयोजनमा सरसफाइ ,कास्की जिल्ला समितिको संयोजनमा १४ गते राति १२ बजे वोनफायर, केन्द्रीय प्हच्यु र क्ल्हेप्री समितिको संयोजनमा १५ गते बिहान ६ बजे छ्योप तेहे र थासो तेहे हुनेछ भने सोही दिन बिहान ८ बजेदेखि कास्की महिला समितिको संयोजनमा पितृको नाममा बत्ती बाल्ने अनि १० बजेदेखि कास्की पच्यु,क्ल्हेप्री समितिको संयोजनमा रुप (रिप) लगाउने अनि ११ बजेदेखि केन्द्रीय युवा समितिको संयोजनमा खुल्ला तमु सामहिक नृत्य प्रतियोगिता र कास्की जिल्लाको संयोजनमा स्योकै कार्यक्रमको समेत आयोजना गरिएको केन्द्रीय सह सचिव लोकेन प्हच्यु तमुले जानकारी दिनुभयो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %