मगर महिला संघ देवदहको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न !

Read Time:2 Minute, 27 Second

गोविन्द घर्ती

देवदह , मंसीर ११ – नेपाल मगर महिला संघ देवदह नगर समितिको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

समितिका अध्यक्ष उमाया मगरको अध्यक्षता र नेपाल मगर महिला संघ रुपन्देहीका उपाध्यक्ष कुमारी पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै संघका जिल्ला उपाध्यक्ष पुनमगरले अधिकार प्राप्तीको लागि सम्पूर्ण मगरहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।

उहाले जारी संविधानमा मगरात क्षेत्रलाई टुक्राएर राज्यले मगरहरु प्रद्धि अपमान गरेको बताउनु भयो । कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका सहसचिव विनोद थापामगर, संघका पुर्व जिल्ला सदस्य हुमबहादुर डिसुवा, बमबहादुर गाहा, लोकतातिन्त्रक मगर संघ रुपन्देहीका अध्यक्ष पदम थापा, नेपाल मगर संघ देवदह नगर समितिका उपाध्यक्ष शोभा थापा, देवदह नगरपालिकाका वडा सचिव चित्रबहादुर सुनारी, संघका सल्लाहकार दलबहादुर पाईजा, नेपाल मगर युवा संघका रवि आले, देवदह साप्ताहिकका त्रिलोचन दहाल, कृष्णमाया थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल मगर महिला संघलाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो । विन्दु थापाको स्वागत र सचिव दिलमाया सिंजालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले दिलमाया सिंजालीको अध्यक्षतामा नगर समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा विष्णु राना, दुर्गा जर्घा, सचिवमा विन्दु थापा, सहसचिवमा कृष्णमाया राना, कोषाध्यक्षमा मिना थापा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा जमुना थापा, हेमा जर्घा, ज्ञानीसरा राना, माया पुन, कृष्ण आले, विन्दु राना, अमृता सिंजाली, जमुना बुढाथोकी रहनु भएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %