दक्षिण कोरियाको सेयुल महानगरपालिकाका प्रतिनिधि वीच प्रतिवद्धता पत्रमा हस्ताक्षर !

Read Time:3 Minute, 0 Second

गोबिन्द घर्ती मगर

मंसीर ९ । देवदह नगरपालिका र दक्षिण कोरियाको सेयुल महानगरपालिकाका प्रतिनिधि वीच प्रतिवद्धता पत्रमा हस्ताक्षर सहित आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
देवदह नगरपालिकाको सहकारी, साझेदारी, संस्कृति, पुर्वाधार, पर्यटन विकासमा सहकार्य गर्ने उद्देश्यका साथ प्रतिवद्धतापत्रमा हस्ताक्षर गरिएको हो ।

प्रतिवद्धता पत्रमा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे र दक्षिण कोरियाको सिउल महानगरपालिकाका मेयर जुङ हुङ जिनले हस्ताक्षर गरेका हुन । सो अवसरमा बोल्दै दक्षिण कोरिया सेयुल महानगरपालिकाका मेयर जिनले दुई देश वीचको सम्वन्ध विस्तारको लागि आफुहरु नेपाल आएको र देवदह क्षेत्रमा रहेको पर्यटकीय, संस्कृति, सहकारी, पुर्वाधार विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जिनले देवदह नगरपालिकाले चालेका राम्रा काममा दक्षिण कोरियाले सहयोग गर्ने बताए । त्यसैगरी कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले विगत लामो समय देखि स्थानीय निर्वाचन नभए पनि राजनैतिक दलहरुको सहयोगमा दीर्घकालिन योजना बनाएर अगाडि बढेको बताए । घिमिरेले भगवान गौतम बुद्धको मावली स्थल देवदहमा पर्यटकीय, वातावरण, वालमैत्री नगरपालिका बनाउने लगायतका दीर्घकालिन योजनाहरु तयार गरी अगाढि बढिरहेको बताए ।
पर्यटकीय र संस्कृतिको हिसावले देवदह पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्दै अगाढि बढ्ने योजना सहित देवददह नगरपालिकाले पर्यटन समिति गठन गरेको बताए । नगर अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा दक्षिण कोरिया सेयुल महानगरपालिकाका उपमेयर च्याउमेन कुक, ग्राण्ड मास्टर लि दे हेन, एन आर दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्र लगायतले आ–आफना भनाई राखेका थिए ।

कार्यक्रममा राजनैतिक दलका नेता तथा प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । नासु विष्णु वस्यालको स्वागत र शाखा अधिकृत गंगा पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %