प्रदेश नं ५ लाई विभाजन गर्न खोजेको भन्दै रुपन्देहीको देवदहमा विरोध र्याली !

Read Time:2 Minute, 42 Second

गोबिन्द घर्ती

देवदह, मंसीर ८ – प्रदेश नं ५ लाई विभाजन गर्न खोजेको भन्दै रुपन्देहीको देवदहमा विरोध ¥याली तथा कोणसभा सम्पन्न भएको छ ।

विभिन्न नारा सहितको र्याली देवदहको खैरेनी चोकमा आएर कोणसभामा परिणत भएको हो । युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्षेत्रीय कमिटीको आयोजनामा उक्त विरोध र्याली सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले संविधान संशोधनको नाममा प्रदेश नं ५ लाई टुक्राउन खोजेको आरोप लगाएका थिए ।

उनीहरुले सरकारले नेपाली जनताको मनो भावना माथि खेलवार्ड गरी ५ नम्वर प्रदेशलाई टुक्राउन खोजेको बताएका थिए । कार्यक्रमका वक्ताहरुले संविधान कार्यान्वयन र निर्वाचन गराउनु अहिलेको सरकारको प्रमुख काम भएको बताएका थिए ।

उनीहरुले संविधान कार्यान्वयन गर्न नदिने तत्वले प्रदेश नं ५ बाट पहाड र तराईलाई टुक्राएर आफनो स्वार्थ लुट्न खोजेको आरोप लगाएका थिए । प्रदेश नं ५ बाट पहाड र तराईलाई अलग गरिए नेकपा एमालेले सडक र सदनबाट आन्दोलन गर्ने बताएका थिए ।

युवा संघ नेपालका क्षेत्रीय अध्यक्ष चन्द्र कान्त खरेलको अध्यक्षतामा भएको कोण सभामा नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, ऋषिराम सापकोटा, प्रेस चौतारीको केन्द्रिय सदस्य यम राना, क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारी, अखिल नेपाल महिला संघका जिल्ला सदस्य रुका सापकोटा, देवदह नगर कमिटीका उपाध्यक्ष खैराज शर्मा लगायतले बोल्दै संविधान शंसोधनको कुनै अर्थ नभएको बताएका थिए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका क्षेत्रीय अध्यक्ष कृष्ण पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %