पत्रकार महेश राना मगर र कामे मगरलाई रिहाई गर्न नेपाल मगर संघ केन्द्र जुरमुरियो !

Read Time:1 Minute, 42 Second

राज्यसत्ता

काठमाण्डौ, मंसिर ६ – जिवन र जोया काण्डका छान बिन समितिका सदस्य तथा पत्रकार महेश राना मगर र जिबनका मामा कामे मगरलाई साइबर क्राइम मुद्दा दर्ता गरी भरतपुर चितवनबाट प्रकाउ गरी हिजो साँझ महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौमा ल्याइएको छ ।

उक्त मुद्दाको बारेमा सोधपुछका साथै दबाब दिनको लागि आज नेपाल मगर संघ केन्द्रिय समितिको एक टोली संघका अध्यक्ष नबिन रोका मगरको नेतृत्वमा उक्त स्थानमा पुगेको थियो । टोलीले प्रहरी बरिष्ट उपरिक्षक बिक्रम सिंह थापा संग भेट बार्ता गरेको छ ।

संघका अध्यक्ष रोकाले भने यसरी पिडितको पक्षमा वकालत गर्ने ब्यक्तिहरुलाई अन्यायपूर्ण तरिकाले धरपकट गरी मुद्दा चलाउदा उनीहरुको न्यायको लागि उठेको नेपाली जनताको आन्दोलनलाई संघले थाम्न नसक्ने चेतावनी दिएका छन् । थापाले मुद्दाको प्रकृति के हो भन्ने कुरा पनि बुझिनसकेको बताए । बुझेको भए म्याद थप्न पनि नपठाउने थिए भन्ने भनाई राखे । यस्तो प्रकृतिको मुद्दा खासै गम्भिर मुद्दा होइनन् म छिटै रिहा गर्नेछु भनि आश्वासन दिएका छन । हेरौ थापाको बोलीमा कति दम छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %