कतारमा आएकी मोडल तथा लोक गायिका अनुसंगको छोटो कुराकानी !

Read Time:9 Minute, 33 Second

कृष्ण सारू मगर


कतार, नोभेम्बर २० 

राज्यसत्ता-यहाँलाई कृष्ण सारू मगर र संपादन सह्योगी बिजय कुमार मगरको ब्याक्तिगत तथा राज्यसत्ता डटकमको तर्फ देखी हार्दिक स्वागत गर्दछौं  ।

अनु:– सर्वप्रथम राज्यसत्ता डटकमलाई सम्झन चाहान्छु ।
मलाई यस्तो अवसर जुटाई दिनु हुने दुवैजनालाई विशेष धन्यवाद छ ।


राज्यसत्ता – कृपया तपाईंको पूरा परिचय दिनुस न ।

अनु:-स्थाई जन्म घर दिब्रुङ्ग -९ गुल्मी स्व. बाबा प्रेम बहादुर तथा स्व.आमा हरि माया गुरुङको कोखबाट जन्मेकी म अनु गुरुङ (जुना) हो ।


राज्यसत्ता – कस्को प्रेरणाले यस कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको ?

अन:- मेरा अग्रज गायक, गायिका, आदरणीय दाजु-दिदी र संङ्गी साथीहरू कै प्रेरणाले तथा मेरो लोक गीत संगीतमा बढी रुचिको कारणले गर्दा यस क्षेत्रमा
प्रवेश गरेकि हुँ ।


राज्यसत्ता -लोक गीतलाई नै बढी प्रथामिकता दिनु भएको कारण के-के हुन् ?
अनु:- मैले लोक दोहोरी बाहेक अन्य गीतहरू पनि सुन्ने गर्दछु । तसर्थ, हाम्रा अग्रज गायक, गायिकाहरूको गीत, संगीतलाई पनि राम्ररी अध्यन गर्ने गरेकी छु । जस बाट मैले अधिक साँगितिक ज्ञान, हासिल गरेको महशुल हुन्छु ।
किन कि हाम्रो ग्रामिण भेग अन्तर्गत पर्ने समाजमा हिजो, आज हुने प्राय विभिन्न कार्यक्रमहरूमा अधिकाँस लोक दोहोरी गीत संगीत नै गुन्जिने गर्दछ ।
जस्ले गर्दा मलाई ती गीत संगीतले मानमा आन्नद लाग्थ्यो,अनि बुझ्दै गर्दा पनि लोक दोहोरी भनेको हाम्रो लेकवेशी वनपाखा, मेलापातमा लगायत मौलिकता संस्कृति बोकेको राष्ट्रियताको भाव पाएर हो ।


राज्यसत्ता – राष्ट्रिय लोक तथा दोहरी गायिका परिचय दिई रहँदा आफुलाई कस्तो महशुस गर्नु हुन्छ ?
अनु:- कोहि कसैले सस्तो लोकप्रियता पाउनका लागि गलत ढंग बाट प्रस्तुत गर्दछन् । त्यसैले गर्व गर्ने ठाउँ अझै सुरक्षित बनेको छैन ।
म स्वतन्त्र नेपाली हुँ त्यसैले पनि आफ्नो मौलिकता झल्किने साँगितिक प्रस्तुतिमा निरन्तरता दिई रहेकी छु । साथै, म स्वं नेपाली आदिवासीजनजातिकि छोरी, चेली भएकोमा पनि मलाई हाम्रो लोक गीत संगीतको निखार पनमा खुसीयालीको आभाष हुन्छु ।


राज्यसत्ता – कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ? सबै भन्दा दर्शक तथा श्रोताहरूले सर्वाधिक मनपराएका कुन-कुन हुन् । तपाईंलाई मन पर्ने चाहिँ ?
अनु:- मेरो आफ्नै एल्बमहरू झन्डै डेढ दर्जनको हाराहारीमा सर्वत्र बजारमा ल्याई सकेकी छु । तसर्थ, मेरा आदरणीय दर्शक, श्रोता एवं शुभेच्छुकहरूको प्रेरणाले नै यहाँ सम्म आउन सफल भएकी हुँ । ती श्रृजना मध्ये “बजाई देउ ताली” तीज गीत,
हाईलाईट नेपाल प्रा.लि तथा आशिष म्यूजिक प्रा.लिले उत्पादित “बरको डाली चील” र विन्धवासीनी प्रा.लिले उत्पादन गरेको सुनैको बाला चाहिँदैन गीतको बोल रहेको हो । जसमा म स्वयंले मोडल अभिनयको भुमिका निर्वाह गर्दै म्यूजिक भिडियोमा साथ दिएकीले पनि प्राय सबै जस्तो आफुलाई मन पर्दछ ।
साथै, अर्को एल्बमको तैयारीमा जुट्दै छु । सायद आशा गरौ अब छिट्टै यही मिडियाको सह्योग बाट नै मैले सार्वजनिक गर्ने प्रयत्न छु ।


राज्यसत्ता – लोक तथा दोहरी कलाकारको भविष्य कस्तो छ ?
अनु:- आज कै यहि चाल हो भने खासै भबिस्य मैले देखेकी छुईन ।
तर, संवन्धित निकाय र राज्यले प्रतिभाशाली कलाकार उत्पादन संगै संरक्षणमा विशेष टेवा पुर्‍याउन सकेको खण्डमा कलाकारको वर्तमान र भविष्य सुनिश्चित छ ।


राज्यसत्ता -तपाईंलाई सबै भन्दा मन पर्ने गायिका ?
अनु:- स्वरकी धनी गायिका आदरणीय दिदी बिमाकुमारी दुरा ।


राज्यसत्ता – तपाईं विवाहित कि अविवाहित  ?
अनु :-यस वारेमा अझै सोचेकी छैन ,अविवाहित नै छु ।


राज्यसत्ता -प्रेम के हो ?
अनु:- वास्तवमा प्रेम विभिन्न किसिमले परिभाषित हुन्छन् ।
हरेक उतार चढाव संग सामना गर्दै संघर्षरत दुई पलको जिन्दगीमा साथ रहोस् । जस मध्ये मानवीयताको मायाँ, स्नेह, सद्भाव, सहिष्णुता र प्रेरणाको आधार हुन् । प्रेम मेरो बुझाईमा !


राज्यसत्ता -गरिब तथा जेहेन्दार मगर विधार्थीका लागि समाजिक कार्य “अक्षकोष स्थापनार्थ” दीपावली साँझ कार्यक्रममा सहभागी भै रहँदा आफुलाई कस्तो महसुस गर्नु भएको छ ।

अनु:- यस्तो समाजिक कार्यको लागि सहभागी हुन पाउँदा आत्मा देखि आफुलाई भग्यमानी महशुस गरेकी छु । सदैव दीन दु:खीहरूको मद्धतका लागि सबैले जुट्न विश्व शान्तिका दुत बुद्धले यस्तो समाजिक उत्साह, हौसला र प्रेरणा जागृत होस् । भन्न चाहन्छु ।


राज्यसत्ता – तपाईं आदिवासीजनजातीको चेली हुनु हुन्छ । आदिवासी समुदायका आफ्नै मौलिक भेषभुषा, भाषा तथा कला संस्कृति रहेका छन् । यसको संरक्षण र प्रवर्द्धन गर्न के गर्नु पर्छ र यस्मा लोक दोहोरी गायिका भएकोले तपाईंको भुमिका कस्तो रहेको छ ? छोटकरीमा बताई दिनुस न !
अनु:- हाम्रो मौलिकता पन रहने खालको गीतलाई मैले सके जति कोसिस गरि रहेकि छु । र निरन्तरता दिई रहने छु । साथै हाम्रो पहिचानको परम्परागत भेष-भुषामा कला, संस्कृति रितिरिवाजको विकृति विसंगतिलाई भित्रिन नदिन आफ्नो कला क्षेत्र बाट पनि सदैव पहल रहि रहने छ ।


राज्यसत्ता -दोहामा झण्डै एक हप्ताको बसाईमा तपाईंले के अनुभव पाउनु भयो ? साथै, कतारबासी आम श्रोता तथा दर्शक शुभेच्छुक उहाँहरूमा केही भन्नू छ ?

अनु:- सर्वप्रथम त समाजिक अभियानको अभिन्न अंग बनेर आफ्नो मौलिक नेपाली लोक तथा कला प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नु हुने नेपाल मगर संघ शाखाको मातहतमा रहेको कला तथा साँस्कृतिक विभाग आयोजक परिवारलाई धेरै-धेरै सम्झिन चाहेँ ।  किन कि आयोजक टिमका परिवारहरू नै साँस्कृतिक विभाग भएकोले पनि म लगायत हामी सम्पुर्ण कलाकार टिमलाई कुनै अप्ठ्यारो भएको महशुस गर्न परेन । कतारको विभिन्न रमणीय स्थलहरूको अवलोकन गराई आनन्दित बनाउनु भयो ।

आदरणीय मेरा नेपाली श्रोता तथा दर्शक शुभेच्छुक ज्यूहरूको मायाँले नै आज देश, विदेमा आफ्नो कला र प्रतिभा देखाउने अवसर मिलेको छ । तसर्थ, उक्त कार्यक्रममा प्रतक्ष सहभागी भै सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउनु मद्धत गर्नु हुने एवं मेरो प्रस्तुतिमा निकै उत्साहजनक साथ जनाउनु हुने कतारबासी समस्त गीत संगीत पारखी कलाप्रेमीहरूमा हार्दिक आभार प्रकट गर्दछु ।

राज्यसत्ता – व्यस्त समयको बावजुद पनि हामीलाई समय दिनु भएकोमा यहाँलाई धन्यवाद छ !

अनु:- तपाईं र तपाईंको राज्यसत्ता डटकमले पनि मेरा मनका भावनात्मक विचारलाई राख्ने जुन अवसर दिनुभयो, यहाँहरू प्रति धेरै आभारी छु साथै धन्यबाद दिन पनि चाहान्छु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %